गल्ती गरेको शिल्पाको स्वीकारोक्ति

मुम्बई : अरुका लागि प्रेरणादायी भनाइ पोस्ट गरिरहने बलिउड अभिनेत्री यतिबेला स्वयं यसको खाँचोमा छिन् । श्रीमान् राज कुन्द्राले वयस्क फिल्मको धन्दा गरेको शंकामा प्रहरीले जेल कोचेपछि शिल्पाको इमेजमा ठूलो धक्का लागेको छ ।
प्रहरीसँगको प्रारम्भिक बयानमा भने उनले श्रीमान्ले एडल्ड फिल्म नभइ इरोटिक फिल्म बनाएको बताएकी थिइन् । उनका अनुसार कानुनले कतै पनि इरोटिक फिल्म बनाउन निषेध गरेको छैन । तर, उनको तर्क प्रहरीले पत्याएन ।
राज कुन्द्रालाई अनुसन्धानका लागि भन्दै म्याद थपी थपी थुनामा राखिरहेकै छ । श्रीमान्को धन्दाको बारेमा शिल्पालाई राम्ररी नै जानकारी रहेको पनि वयस्क फिल्म खेलेका मोडलको बयानले पुष्टि गरिसकेको छ । सर्लिन चोपडाले राज कुन्द्राले आफ्नो काम शिल्पाले पनि खुब मन पराएको भन्दै प्रेरित गरेको बयान दिएकी थिइन् ।
समय घर्कँदै जाँदा भने शिल्पालाई आफू र श्रीमान्बाट गल्ती महसुस भएको हुनुपर्छ । यही कारणले होला उनले इन्स्टा पोस्टमा यही आसय पोस्ट गरेकी छिन् । शिल्पाले सोफियो लोरेनको कोट सेयर गर्दै गल्ती गरेको स्वीकारेकी हुन् । ‘मेड अ मिस्टेक । बट इट्स ओके ।’ उनले पोस्ट गरेकी छिन् ।
शिल्पाले श्रीमान्को काण्ड बाहिर आउनुअघि सुपर डान्सको चौथो च्याप्टर जज गरिरहेकी थिइन् । काण्ड बाहिर आएपछि उनले तीन हप्ता कार्यक्रमबाट छुट्टि लिएकी थिइन् । अहिले भने नियमित सुटिङ गरिरहेकी छिन् ।

भारतबिरूद्द बोले पछि हटाइयो ‘सनम तेरी कसम’को पाकिस्तानी अभिनेत्रीको तस्विर

जीवनकुमार प्रसाईंको पाँचौँ पुस्तक ‘कस्तो छ तिमीलाई’ प्रकाशित

'तोक्मा एप'को प्रवर्द्धनमा अभिनेता विल्सन विक्रम राई, ब्रान्ड एम्बासडरमा नियुक्त

‘ऊनको स्वीटर’को गीत ‘चाइनेजो जिन्दगानीमा’ले निरुता सिंहलाई सम्झायो 'दर्पण छा…

बुद्धिसागरको कथामा चलचित्र निर्माण

भाजपा सांसद कंगनाले गर्ने भइन् हलिउडमा डेब्यु

भारतले लगायो पाकिस्तानको मनोरञ्जन बजारमाथि प्रतिबन्ध, ओटीटी प्लेटफर्म बन्द

प्रतिक्रिया