सोमबार २६ जेठ, २०८२
Monday, June 09, 2025

‘एमालेसँगको एकता अल्पकालीन सम्झौता मात्र थियो’

फाइल तस्‍बिर

भादगाउँ - नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का स्थायी समितिका सदस्य लीलामणि पोखरेलले नेकपा (एमाले) सँगको तत्कालीन पार्टी एकता रणनीतिक योजनानुसार भएको बताका थिए। उनले बिहीबार साँझ  मध्यपुरथिमि नगरपालिका–४ को वडा भेलालाई सम्बोधन गर्दै लामो समय मिलेर बस्न सकिँदैन भन्ने जानकारी हुँदाहुँदै तत्कालीन समयमा पार्टी एकता गर्नुपरेको बताए ।

'पार्टी एकता दीर्घकालीन सोचले भएको होइन  । एमालेसँगको माओवादीको एकता अल्पकालीन सम्झौता मात्र थियो,' उनले भने । सरकारले ल्याएको अध्यादेश संविधान रक्षाका लागि भएको  पूर्व सांसद पोखरेलले जिकिर गरे ।