कांग्रेसको संस्थापनइतरको माग : भदौ १८ गते वडा अधिवेशन

काठमाडौँ- नेपाली कांग्रेसको संस्थापनइतरका नेताहरूको बैठकले क्रियाशील सदस्यता सम्बन्धी विवाद यथाशिघ्र टुङ्ग्याएर सबै जिल्लामा भदौ १८ गते वडा अधिवेशन गर्नुपर्नेमा जोड दिएका छन् । शुक्रबार कांग्रेस नेता प्रकाशमान सिंह निवास चाक्सीबारीमा बसेको संस्थापन इतरका नेताहरूको बैठकले वरिष्ठ नेता रामचन्द्र पौडेलाई पार्टी सभापति शेरबहादुर देउवासँग भेट गरी विवाद टुङ्ग्याएर सबै वडामा भदौ १८ गते नै अधिवेशन गर्न ध्यानाकषर्ण गराउने निर्णय गरेको कांग्रेस क्रियाशील सदस्यता छानविब समितिका सदस्य मिनेन्द्र रिजालले जानकारी दिए ।
उनले कांग्रेस क्रियाशील सदस्यता छानविन समितिले गरेको निर्णयहरू कार्यान्वयन नभएका कारण कतिपय जिल्लाका क्रियाशील सदस्य नामावली सार्वजनिक हुन नसकेको बताए । उनले जस्तो सुकै व्यवहारिक कठिनाईहरूलाई समाधान गरेर सबैले पार्टीको १४ औँ महाधिवेसन समयमै सम्पन्न गर्नेतर्फ लाग्नुपर्ने छलफलको निष्कर्ष रहेकाले पार्टी सभापति शेरबहादुर देउवासँग छलफल गरेर समस्याको समाधान गरिने बताए ।
त्यस्तै पार्टीको १४ औँ महाधिवेसनको पहिलो प्राथकिता भनेको मतदाता नामावली रहेकाले क्रियाशील सदस्यको नामावली सार्वजनिक गर्नुपर्ने आफूहरूको माग रहेको कांग्रेसका नुवाकोट जिल्ला सभापति जगदिश नरसिङ केसीले बताए । उनले पार्टीलाई वैधानिक रुपले कब्जा गर्ने षडयन्त्र रचिएकाले त्यसकाविरुद्ध रिले अनसन जारी रहेको कुरा नेताहरूका बीचमा राखेको बताउँदै कुनै पक्षको लागि नभएर कांग्रेसको ८ लाख ५२ हजार क्रियाशील सदस्यको पक्षमा लडेको बताए ।
कांग्रेस क्रियाशील सदस्यको विवाद मिलिसकेको भनिए पनि वरिष्ठ नेता राचन्द्र पौडेल पक्षका जिल्ला सभापतिहरू पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्ना तथा अनशनसहितका आन्दोलनका कार्यक्रम गरिरहेका छन् । क्रियाशील सदस्यता विधि र विधान अनुसार सच्याएर सूची अविलम्ब सार्वजनिक गर्नु पर्ने लगायतका माग उनीहरूको रहेको छ ।

बागमती प्रदेशसभाको आगामी बैठकमा आर्थिक सर्वेक्षण पेस हुने

बाढीको जोखिम टार्न समयमै तटबन्ध निर्माण गर्न मन्त्री खड्काको प्रतिबद्धता

सदनको गतिरोध अन्त्य गर्न दलहरु समझदारी नजिकः सचेतक बर्तौला

रासायनिक मलको अनुदानका लागि बजेट अपुग छ : मन्त्री अधिकारी

चौध वर्षदेखि अल्झिएको मूआब्जाको गाँठो फुकाइँदै

राज्यको चौथो अङ्गमा महिलाको पहुँच र भूमिका अझै न्यून : पूर्वराष्ट्रपति भण्डारी

आज पनि प्रतिनिधिसभा बैठक स्थगित, अर्को बैठक भोलि

प्रतिक्रिया