एकसाथ ‘रीत’ र ‘अञ्जली’ बनाउँदै दिनेश लिङ्देन

काठमाडौं: फाल्गुनन्द लिङदेन फिल्मसद्वारा निर्माण हुन गइरहेको दुई फिल्म ‘रीत’ र ‘अञ्जली’को आगामी साताबाट छायांकन सुरु हुने भएको छ । ‘रीत’ लिम्बू भाषा संस्कृतिमा आधारित लिम्बू फिल्म हो भने ‘अञ्जली’ हत्याहिंसा र अपहरणमा आधारित छ ।
दुवै फिल्मका निर्देशक दिनेश लिङ्देनले फिल्म ‘रीत’ ताप्लेजुङ, पाँचथर, इलाम, धनकुटामा छायांकन गरिने र ‘अञ्जली’ उपत्यका आसपासमा छायांकन गरिने बताए । दुवै फिल्म हाल वर्कसप चरणमा छन् ।
दुवै फिल्ममा एलिना बास्कोटा, विमला खजुम, पुर्व राज्यमन्त्री श्रीप्रसाद जबेगु, स्मृति लिम्बूु, असली बनेम, सागर केरुङ, पुन्य ओझा, हाङ चेम्जोङ, दिनेश माङमु, शर्मिला शर्मा, विशाल सेनीहाङ, नन्दु तुम्बापो, नरेश बनेम, निसाम तुम्बापो, प्रज्वलिका गिरी, भीम थेबे लिम्बू, अजय खडका, कल्याण राई, दीपक नेपाली, माइकल तुम्बापोलगायतका कलाकारको अभिनय रहनेछ ।
मिकहाङ लिङ्देन र सुदिता लिदेनको प्रस्तुति रहेको ‘रित’ र ‘अञ्जली’को निर्माताहरुमा कविता राई लिङ्देन, सागर केरुङ, धनराज खडका, मनि ताम्लिङ, विक्रम पयांगु, दीपक नेपाली छन् । दुवै फिल्ममा सागर केरुङको कथा रहनेछ ।

चलचित्र 'रियाल रिङ्गेट'को ट्रेलर सार्वजनिक, दिल चस्काउने दृश्यहरू

‘बलिदान’को ६० फुट अग्लो विशाल पोस्टर सार्वजनिक, देशव्यापी प्रचार अभियान सुरु

किरण मानन्धरको विशेष चित्रकला प्रदर्शनी सुरु

गायन सम्राट रामकृष्ण ढकालको आक्रोश: ‘अति भयो, सहनै सकिएन !’

‘मुनामदनको ब्रेकअप’ फिल्मको घोषणा, राज कटुवाल अनुवन्धित

‘अनाम गजल गायन’मा सुनिए ७ स्रष्टा, सन्तोषले जिते श्रोताको मन

क्रिकेटरले आफ्नो बैबाहिक जीवन बिगारीदिएको आमिर खानको खुलासा

प्रतिक्रिया