छठपछि प्रदेश-२ सरकारले प्रहरी भर्ना गर्ने तयारीमा

जनकपुरधाम : प्रदेश २ सरकारले छठ पर्वपछि प्रहरी भर्ना प्रक्रिया अगाडि बढाउने भएको छ । आइतबार मुख्यमन्त्री निवासमा मन्त्रिपरिषद्को बसेको बैठकले प्रदेशको शान्ति सुरक्षाका लागि सरकारको आफ्नै प्रहरी आवश्यक भन्दै छठपछि भर्ना प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो ।
बैठकमा गरिएको निर्णय बारे जानकारी दिदैं सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवले भने, ‘प्रदेश प्रहरी विधेयक पारित भइसकेको र आफ्नो मन्त्रालयले समेत स्वीकृति दिइसकेको अवस्थामा आजको मन्त्रिपरिषदको बैठकबाट अब ढिला नगरी भर्ना प्रक्रिया अगाडि बढाउने निर्णय गरियो ।’
उनका अनुसार प्रहरी जवान, असई, सई र इन्सपेक्टरसहितका पदमा प्रदेश लोक सेवाको समन्वयमा प्रदेश सरकारले भर्ना प्रक्रिया बढाउने भएको छ । तर के कति पदमा भर्ना गरिने जिज्ञासामा मन्त्री यादवले त्यो मापदण्ड तयार भएपछि आवश्यकताको हिसाबले संख्या तय गरिने बताए ।
संघीय सरकारले समेत प्रहरी भर्ना लागेको अवस्थामा प्रदेश सरकारले पनि भर्ना गर्नु कतिको जायज हो भन्ने इकागजको जिज्ञासामा मन्त्री भने 'यादवले आवश्यकता अनुसार कर्मचारी भर्ना गर्न पाउने प्रदेशलाई संवैधानिक अधिकार छ ।' तर संघीय सरकारले सो अधिकारलाई मिचेर संघीयतालाई धरापमा पार्न संवैधानिक अधिकारविरुद्ध गएको आरोप लगाए ।
यसका साथै बैठकबाट प्रदेशसभाको चौथो अधिवेशन अन्त्य गर्ने सहमति भएको मन्त्री यादवले जानकारी दिए । यसका अतिरिक्त प्रदेश सरकारको कर्मचारीहरुको सरुवा तथा काजसम्बन्धी कार्यविधि २०७७ स्वीकृत गर्ने, प्रदेशको राजपत्र निर्देशिका २०७७ को मस्यौदा स्वीकृत गर्ने निर्णय गरिएको हो ।
प्रदेश विपत व्यवस्थापनसम्बन्धी प्रदेशको मस्यौदा निर्माणका लागि सैद्धान्तिक सहमति र दलित विकास समितिको उपाध्यक्ष पदको नियुक्ति गर्ने निर्णय पनि गरिएको मन्त्री यादवले जानकारी दिएका छन् । दलित उपाध्यक्षमा कसलाई नियुक्त गर्ने भन्ने जिम्मेवारी सामाजिक विकास मन्त्रालयलाई दिइएको बताइएको छ ।

निन्द्रा नलागे के खाने ?
अमेरिकामा एकै परिवारका चार नेपाली मृत फेला

मुन्दुम अन्तर्राष्ट्रिय कला संग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट

जबरजस्ती करणीको अभियोगमा दैलेखमा एक पक्राउ

बाढीले डाइभर्सन बगाउँदा नारायणगढ–बुटवल सडकखण्ड अवरुद्ध

बाजुराको बाम्का बजार ग्यास सिलिण्डर पड्किँदा आगलागी

युके र पोल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

प्रतिक्रिया