नेकपा एकीकृत समाजवादी पार्टी सरकारमा जाने
काठमाडौँ - नेकपा (एकीकृत समाजवादी) पार्टीले सरकारमा जाने निर्णय गरेको छ । शुक्रबार काठमाडौंमा बसेको पार्टी स्थायी कमिटीको पहिलो बैठकले यस्तो निर्णय गरेको हो ।
प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्ता गठबन्धनका शीर्ष नेताबीच छलफलपछि आफ्नो भागमा पर्ने मन्त्रालय टुंगो लागेपछि पार्टीले सरकारमा पठाउने मन्त्री तोक्ने बैठकले निर्णय गरेको छ । ‘प्रधानमन्त्रीसहित सत्ता साझेदार दलहरूबीच मन्त्रालय टुंगिएपछि मन्त्री चयन गर्ने निर्णय भएको छ,’ एक नेताले भने ।
मन्त्रिपरिषद् विस्तारका लागि प्रधानमन्त्री देउवाले एकीकृत समाजवादीको निर्णय पर्खिरहेको अवस्थामा पार्टीले सरकारमा जाने निर्णय गरेपछि अब मन्त्रिपरिषद् विस्तारको बाटो खुलेको छ । नेकपा एमाले विभाजन गरेर चार भदौमा नयाँ दल दर्ता भएको एकीकृत समाजवादीले बुधबार निर्वाचन आयोगबाट प्रमाणपत्र पाए हो । ‘हामीले सरकारमा सहभागी हुने निर्णय गरेका छौं । मन्त्रालय संख्या पनि लगभग टुंगिएको छ,’ बैठकको निर्णय सुनाउँदै ती नेताले भने । सत्ता साझेदार दलका नेताहरुबीच एकीकृत समाजवादीले सात मन्त्रालय लिने अनौपचारिक सहमति भएको छ ।

लेखा समितिमा महालेखाको प्रतिवेदनमाथि छलफल हुने

कांग्रेसको महाधिवेशन २०८३ साल मङ्सिरको आसपासमा हुन्छः नेता सिटौला

सभापति देउवाद्वारा गण्डकी प्रदेशका पूर्वप्रमुख गुरुङको निधनप्रति दुःख व्यक्त

प्रदेश प्रमुख गुरुङको निधनप्रति राष्ट्रपतिद्वारा श्रद्धाञ्जली

लुम्बिनी नेपालको मात्र नभई सम्पूर्ण मानवजातिका लागि शान्तिको प्रतिक : उपप्रधानम…

कुलिङ पिरियडमा एमालेले अन्ततः म्याउ गर्यो : प्रचण्ड

आवश्यकताअनुसार संविधान संशोधन हुन्छः सभापति देउवा

प्रतिक्रिया