बाढी पहिरोपीडितलाई भारतकाे राहत
काठमाडौँ – मिशन उप–प्रमुख नामग्या खम्पाले आठ करोड रूपैयाँ बराबरको राहत सामग्री हस्तान्तण गरेकी छिन् । खम्पाले भारत सरकारको तर्फबाट उक्त राहत सामग्री नेपाल–भारत महिलामैत्री समाजकी अध्यक्ष तथा सांसद् चन्दा चौधरी र प्राज्ञिक विद्यार्थी परिषद्का अध्यक्ष नारायण ढकाललाई हस्तान्तरण गरेकी हुन् ।
नेपालका १५ जिल्लाहरूमा बाढी तथा पहिरोबाट प्रभावित परिवारहरूका लागि वितरण गर्न लागिएको सो राहत सामग्रीमा टेन्ट, प्लास्टिक सिट, स्लीपिङ म्याट र औषधिहरू रहेको बताइएको छ ।
बाढी र पहिरोका कारण जनजीवनमा पुगेको क्षतिलाई दृष्टिगत गर्दै स्थानीय सरकारसँगको समन्वयमा नेपाल–भारत महिलामैत्री समाज र प्राज्ञिक विद्यार्थी परिषद्मार्फत सो राहत सामग्री चार वटा प्रदेशका पर्सा, बारा, रौतहट, सर्लाही, धनुषा, महोत्तरी, सिराहा, सप्तरी, रूपन्देही, गोरखा, मनाङ, सिन्धुपाल्चोक, रसुवा, दोलखा र धादिङ जिल्लामा वितरण गरिने भारतीय राजदूतावासले जनाएको छ ।

पठाओ पार्सलको अफरः समयमै सामान नपुगे मर्चेन्टलाई सामान बाराबरको पैसा र सामा…

कतिमा कारोबार हुँदैछ विदेशी मुद्रा ?

पोखरामा स्वदेशी सीप र पुँजीमा निर्माण भयो अत्याधुनिक हवाई इन्धन डिपो

Midea ले ल्यायो 10 Years Magnetron Warranty र Inverter Quattro टेक्नोलोजी …

बिगमार्टमा एससीटीको ‘स्मार्ट जुलाई अफर’: युपीआई कार्डमार्फत भुक्तानी गर्दा १० प्…

ढुक्क भएर लगानी गर्न अध्यक्ष ढकालको आग्रह

आजको लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

प्रतिक्रिया