शिवगंगा नदीको टापुमा फसेका दुई जनाको उद्धार

कैलाली – कैलालीको शिवगंगा नदीको टापुमा फसेका दुई जनालाई सशस्त्र प्रहरी टोलीले उद्धार गरेको छ । गौरीगंगा नगरपालिका ३ स्थित शिवगंगा नदीको टापुमा फसेका दुई जनालाई शुक्रबार सशस्त्र प्रहरीले उद्धार गरेको हो ।
सोही ठाउँको कुचौनी बस्ने २२ वर्षीय राजाराम सापकोटा र १८ वर्षिया आरती सापकोटा बिहीबार घाँस काँट्न गएको अवस्थामा नदीमा पानीको बहाव बढेपछि उनीहरू टापुमा फसेका थिए ।
यसबारे जानकारी पाउनासाथ ४३ नम्बर रिजर्व गण कैलालीबाट नायव उपरीक्षक प्रेम रावलको कमाण्डमा खटिएको विपद् व्यवस्थापन टोलीले उनीहरूको उद्धार गरेको सशस्त्र प्रहरी निरीक्षक सुमन शर्माले जानकारी दिए ।

नेपाल शिक्षक महासंघको भदौ दोस्रो साताबाट आन्दोलन गर्ने निर्णय

धर्म र संस्कृतिसँग जोडिएका भक्तपुरको नौ हिटी

बाल्यकालमै बिहेः जीवनभर पीडा

कपिलवस्तुबाट माधव पन्थी बेपत्ता

मनसुनमा पुदिनाको चिया पिउनुका हुनेछ धेरै फाइदाहरू

राशिफलमा यस्तो छ तपाईंको भाग्य

पैँतीस प्रहरी अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान

प्रतिक्रिया