क्यान भन्छ, ह्वाटमोरको राजीनामाले स्तब्ध छौँ
काठमाडौँ - नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुखय प्रशिक्षक डेभ ह्वाटमोरको राजीनामाले आफू स्तब्ध भएको नेपाल क्रिकेट संघ (क्यान)ले प्रतिक्रिया दिएको छ । गत आठ महिना देखि नेपाली टिमको जिम्मेवारी सम्हालिरहेका ह्वाटमोरले शुक्रबार (आज) अकस्मात राजीनामा दिएको खबर बाहिर आएको हो ।
ह्वाटमोर नेतृत्वको नेपाली टिम ओमानमा छ । ह्वाटमोरले त्यहीबाट इमेलमार्फत क्यानलाई राजीनामा पठाएको बताइएको छ । ‘ह्वाटमोरको राजीनामाले हामी स्तब्ध भएका छौँ । उनले ओमान भ्रमण सकिनासाथ लागू हुनेगरी राजीनामा दिएका हुन् । उनले क्यानसँग एक वर्षको सम्झौता गरेका थिए,’ क्यानले आफ्नो टीवटर ह्यान्डलमा लेखेको छ ।
ह्वाटमोरले व्यक्तिगत र कोभिड–१९ महामारीका कारण भन्दै राजीनामा दिएको बताइएको छ । ह्वाटमोर गत डिसेम्बरबाट नेपालको मुख्य प्रशिक्षक बनेका थिए । तसर्थ उनको क्यानसँगको सम्झौता सकिन अझैँ बाँकी छ ।

फुटबल : हङकङसँग भिड्दै नेपाल

आरिफको शानदार ब्याटिङ, नेपालको शानदार जित

नेपालले आज नेदरल्याण्डसँग खेल्दै

१८ वर्षपछि बेंगलुरुले बन्यो आइपीएल विजेता

कञ्चनजंघा क्रिकेट प्रतियोगिताको उपाधि आयोजक टिमलाई
करणको उत्कृष्ट ब्याटिङले नेपालद्वारा स्कटल्याण्ड पराजित

नेपाली क्रिकेट टोली आज स्कटल्याण्डसँग भिड्दै

प्रतिक्रिया