डा. बाबुराम भट्टराईको नयाँ पुस्तक बजारमा

काठमाडौं: पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईको नयाँ पुस्तक 'अर्थ-राजनीतिक विमर्श' प्रकाशित भएको छ । पुस्तकमा डा.भट्टराईले पछिल्लो समय लेखेका २२ आलेख समेटिएको छ, जसमा राजनीतिक वाद देखि भौतिक विज्ञान र समसामयिक वैश्विक घटनाक्रमहरु समेटिएका छन् ।
पुस्तकका सन्दर्भमा डा. भट्टराई भन्नुहुन्छ –' पुराना पार्टीहरु र वैकल्पिक नयाँ शक्तिको खोजीमा लागिरहेकाहरु पनि मौजुदा गतिरोध र असामान्जस्यमा फसिरहेको सन्दर्भमा यो पुस्ताकलाई वैचारिक बहसको थालनीको रुपमा लिएको छु । 'पुस्तकका सन्दर्भमा डम्बर खतिवडाले भूमिकामा लेख्नुभएको छ – ' ..यो पुस्तकले एक्काइसौं शताब्दीको वैश्विक-वैचारिक परिवेशलाई बुझ्न र विशेषत: उतर-गणतान्त्रिक युगको नेपाली राजनीतिको भावी कार्यदिशा निर्धारण गर्न गहिरो अभिप्रेरणा दिनेछ । '
'अर्थ-राजनीतिक विमर्श' पुस्तकले सबै खेमाका राजनीतिक अभियन्ता, विकास समृद्धिका आकांक्षी, नीति-निर्माता र विशेषत: जिज्ञासु युवालाई आवश्यक सन्दर्भ सामग्री र बौद्धिक खुराक मिल्ने छ भन्ने सांग्रिला बुक्सले बिश्वास राखेको छ । यो पुस्तक २७४ पृष्ठको छ र यसको मूल्य ४६४ रहेको छ ।

अभय दुवाडीको स्वरमा `माछा खोलीमा´ सार्वजनिक

रङ्गकर्मी मणि कुलुङको नाटक ‘हराएको कुकुर’ शनिबारदेखि मण्डला थियटरमा

असार

अछाम-बाजुरा निर्वाचन क्षेत्रको पहिलो सांसद बूढथापाको स्मृतिग्रन्थ लोकार्पण

गायिका एलिना र समीक्षाले भेटे गृहमन्त्री, भेटपछि यसो भन्छिन् एलिना

गायिका एलिना चौहान साइबर ब्यूरोमा, भन्छिन्ः चरित्रहत्या गर्ने अधिकार कसैलाई छैन

विश्वको एउटा फिल्म, जस माथी लागेकाे थियाे १०० देशमा प्रतिबन्ध

प्रतिक्रिया