'नेयमारको मन ठूलो छ'

काठमाडौं : बुधबार च्याम्पियन्स लिगमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले इस्तानबुल बासाकसेहिरलाई ५-१ ले पराजित गर्दा नेयमारले तीन तथा किलियान एमबाप्पेले दुई गोल गरे । मंगलबार खेल दौरान एक अफिसियलले बासाकसेहिरका सहायक प्रशिक्षकमाथि रंगभेदी टिप्पणी गरेपछि दुबै टिमका खेलाडीहरुले १४ औ मिनेटमा मैदान छाडेका थिए । त्यसपछि बुधबार खेलाइएको बाँकी खेलमा पिएसजीले पहिलो हाफमै तीन गोल गर्यो । नेयमारले खेलको २१ औ र ३८ औ मिनेटमा गोल गरे ।
त्यस्तै, पिएसजीले खेलको ४२ औं मिनेटमा पेनाल्टीको अवसर पाउँदा नेयमारले ह्याट्रिक पुरा गर्ने मौका थियो । तर नेयमारले पेनाल्टी आफुले प्रहार नगरेर सहकर्मी एमबाप्पेलाई त्यो मौका दिए । च्याम्पियन्स लिगको पछिल्ला नौ खेलमा गोल विहिन रहेका एमबाप्पले पेनाल्टीको अवसरलाई सहजै गोलमा परिणत गरे ।
दोस्रो हाफमा नेयमारले ह्याट्रिक पुरा गरे भने एमबाप्पेले ब्यत्तिगत दोस्रो गोल गरे । पिएसजीमा नेयमार र एमबाप्पेबीच प्रतिद्वन्द्विता रहेको भनेर भनिदैँ आएको बेला नेयमारले पेनाल्टी हान्ने मौका एमबाप्पेलाई दिएका हुन् । नेयमारको यस्तो निर्णयलाई पिएसजीका प्रशिक्षक थोमस टुचलले सरहाना गरेका छन् । ‘नेयमारको मन ठूलो छ । उनी सधै आफ्ना सहकर्मीहरुका बारेमा सोच्ने गर्छन् । एमबाप्पेले च्याम्पियन्स लिगमा गोल गर्न सकिरहेका थिएनन् । त्यसकारण नेयमारले उनलाई पेनाल्टी प्रहार गर्न दिएर राम्रो गरे,’ टुचेलको भनाई थियो । (गोल डटकमबाट )

सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बन्दै

अन्ततः शुभम गिलले तोडे विराट कोहलीको कीर्तिमान

इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनोट

नेपालको विजयी सुरुवात, भुटान ६-१ गोल अन्तरले पराजित

डेविस कपमा नेपालले भाग लिने

खेलाडी र प्रशिक्षक सम्मानित

पिएसजीलाई सफलतामाथि सफलता, रियललाई ४ गोल हान्दै पुग्यो क्लब विश्वकपको फाइनलमा

प्रतिक्रिया