कालिकोटका अधिकांश जनप्रतिनिधि एकीकृत समाजवादीमा

सुर्खेत – कालिकोटका अधिकांश एमालेका जनप्रतिनिधि तथा कार्यकर्ता माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीमा खुलेका छन् । कालिकोटबाट प्रतिनिधित्व गर्ने भूमि व्यवस्था तथा कृषि सहकारीमन्त्री कुर्मराज शाहीको कारण पनि एकीकृत समाजवादीतर्फ जनप्रतिनिधि तथा कार्यकर्ता खुलेको एमालेका नेताहरू बताउँछन् ।
शाहीले गत वैशाखमा कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका थिए । कालिकोटमा ६७ सदस्यीय जिल्ला कमिटी सदस्यमध्ये ४० जनाभन्दा बढी एकीकृत समाजवादीमा खुलेका छन् । त्यस्तै धेरैजसो जनप्रतिनिधि पनि एकीकृत समाजवादीमै लागेका छन् । एमालेले जितेका तीन स्थानीय तहका आध्यक्ष एवम् उपाध्यक्ष गरी चार जना र २४ वडाध्यक्षमध्ये १३ जना एकीकृत समाजवादीमा खुलेका छन् ।
खाँडाचक्र नगरपालिकाका उपप्रमुख विजया विष्ट, नरहरीनाथ गाउँपालिकाका अध्यक्ष धीरबहादुर विष्ट, शुभकालिका गाउँपालिकाका अध्यक्ष षडानन्द चौलागाई र उपाध्याक्ष पम्फा शाही नयाँ दलमा खुलेका छन् । एमालेमा भने खाँडाचक्र नगरपालिकाका नगरप्रमुख जर्सीप्रसाद पाण्डे र महावु गाउँपालिकाका उपाध्यक्ष मनराज शाही एमालेमै रहेका छन् ।
यस्तै, २४ वडाअध्यक्षमध्ये खाँडाचक्र नगरपालिका वडा नं. ६ का वडाध्यक्ष जगदेश शाही, ४ का दानसिंह विक नयाँ पार्टीमा लागेका छन् । पचालझरना गाउँपालिका १ का रत्नलाल न्यौपाने, रास्कोट नगरपालिका ९ का डबल वोगटी, सान्नीत्रिवेणी ७ का मनिराम सिम्खडा, ८ का जनक केसी पनि नयाँ पार्टीमा खुलेका छन् । एकीकृत समाजवादीको पार्टीको जिल्ला भेलामा धेरै नेता तथा कार्यकताको सहभागिता रहेको थियो ।
प्रदेश सांसद एकीकृत समाजवादी पार्टीका केन्द्रीय कमिटी सदस्य देवी वलीका अनुसार नयाँ पार्टीमा खुल्नेक्रम जारी रहेकोले अब २१ दिनभित्र मात्र संख्या थाह हुने बताइन् ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया