तेस्रो टेस्टमा भारत पराजित
काठमाडौँ- इंग्ल्यान्ड र भारतबीचको तेस्रो टेस्टमा घरेलु टोली विजयी भएको छ । शनिबार इंग्लिस टोलीले भारतलाई एक इनिङ्स र ७६ रनले पराजित गरेको हो । यससँगै पाँच टेस्ट सम्मिलित श्रृंखला १-१ को बराबरीमा पुगेको छ ।
लिड्समा भइरहेको खेलमा चौँथो दिनको बिहानी सेसनमा भारतले आठ विकेट गुमाएर ५३ रन बनाएपछि इंग्ल्यान्डले जितको आधारशिला तयार पार्यो । अब चौँथो टेस्ट दी ओभलमा हुनेछ ।
२१५-२ को स्थितीबाट खेल्न सुरु गरेको भारतीय टिम लन्च अघि २७८ रनमा सीमित भएको थियो । इंग्लिस फास्ट बलरहरु बलियो लयमा देखिएपछि भारतीय मध्यक्रमको प्रदर्शन निरश बन्यो ।
चेतेश्वर पुजारा ९१ रनमा आउट भए भने विराट कोहलीले ५५ रन मात्रै जोडे । जेम्स एन्डरसनको बलमा पभेलियन फर्केका अजिन्क्या रहानेको नाममा १० रन रह्यो । रविन्द्र जडेजाले इनिङ्स सम्हाल्ने खोजे पनि उनले बनाएको ३० रन पर्याप्त भएन ।
खेलमा नायक साबित भएका ओल्ली रोबिन्सनले ६५ रनको क्षतिमा पाँच विकेट हात पारे । त्यसैगरी क्रेग ओभेरटनको नाममा तीन विकेट रह्यो । इंग्लिस टिमका लागि जो रुटले १२१ रन बनाए भने रोरी बन्र्स, हसिब हमिद र डाविड मालनले क्रमशः ६१, ६८ र ७० रनको योगदान गरे ।

मीनाको ह्याट्रिकमा श्रीलङ्काविरुद्ध नेपालको शानदार जित

चीन सरकारद्वारा राखेपलाई विभिन्न सामग्री सहयोग

डेभिस कप छनोट पारदर्शी छ : नेपाल टेनिस संघ

राजेन्द्र केसी स्मृति हिमालयन ब्लिट्ज चेस शनिबार

सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बन्दै

अन्ततः शुभम गिलले तोडे विराट कोहलीको कीर्तिमान

इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनोट

प्रतिक्रिया