पार्टी छाडेर जानेलाई फर्काउने प्रयत्न भइरहेको छ : पाण्डे

बुटवल - नेकपा एमालेका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले पार्टी छोडेर गएकाहरूलाई फर्काउने प्रयत्न जारी रहने बताएका छन् । शनिबार बुटवलमा स्टडी सर्कल लुम्बिनीले आयोजना गरेको खुल्ला बहस कार्यक्रममा स्थायी कमिटी सदस्य पाण्डेले अब पार्टी एक ढिक्का भएर अगाडि बढ्ने र विभिन्न ढंगले पार्टी छोडेर बाहिरिएका नेता तथा कार्यकर्ताहरूलाई पार्टीमा फर्काउने प्रयत्न रहने बताए ।
एमाले विभाजन भएर ठूलो समूहलाई अलग्याउन खाजेको समूह सफल नभएपछि आफूसहितका केही नेताहरूमाथि अनावश्यक आरोप लगाउन थालेको पूर्वमन्त्री समेत रहेका नेता पाण्डेले बताए ।
पाण्डेले माओवादीका अध्यक्ष प्रचण्ड एमाले विभाजनका लागि निकै मेहनतका साथ लागेको र अहिले पनि विभिन्न योजना बनाएर एमालेमा रहेका नेताहरू माधवकुमार नेपाल समूहमा तान्ने प्रयास भइरहेको बताए ।

लोकतन्त्रका लागि लडेर आएकाले यसको रक्षार्थ कटिबद्ध छौँ : प्रधानमन्त्री ओली

राप्रपा अध्यक्ष लिङदेनले गरे उपाध्यक्ष गिरीलाई पदमुक्त

एमाले पोलिटव्यूरो बैठक शनिबार बस्नेगरी सकियो

मुक्तकमैयाका समस्या समाधान गर्न तीनै तहका सरकार लाग्नुपर्छः मुख्यमन्त्री शाह

साहित्यकार तथा कलाकारहरू माओवादी केन्द्रमा प्रवेश

वामदेव गौतम एकीकृत समाजवादीमा समाहित हुँदै, आज एकता घोषणा

पर्यटन बोर्डका पूर्वसीईओ रेग्मी रास्वपा प्रवेश

प्रतिक्रिया