एडीबीको ऋण लिन २ वर्ष पुरानो ठेक्का प्रक्रिया रद्द
ट्याक्सी-वे विस्तार गर्न नयाँ प्रक्रिया सुरु

काठमाडौं : नागरिक उड्डयन प्राधिकरणले दुई वर्ष पुरानो ठेक्का प्रक्रिया रद्द गरेको छ । प्राधिकरणले त्रिभुवन विमानस्थलमा विमानहरु उड्नुअघि प्रयोग गर्ने ट्याक्सी-वे र भित्रि सडक विस्तार गर्ने पुरानो ठेक्का प्रक्रिया रद्द गरेको हो । २०७५ असार ११ मा सरकारले आफ्नै लगानीमा ट्याक्सी-वे विस्तार गर्ने योजनासहित ग्लोबल टेण्डर आह्वान गरेको थियो । तर, स्रोत जुटाउन नसक्दा कार्यक्रम अघि बढ्न सकेन ।
एशियाली विकास बैंक (एडीबी)ले त्रिभुवन विमानस्थल सुधारका लागि ऋण दिने भएपछि नयाँ ढंगले खरिद प्रक्रियामा जान लागेको विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले बताए । ठेक्कामा भाग लिने कम्पनी एडीबीका सदस्य राष्ट्रहरुले मात्र भाग लिन पाउनेछन् । एडीबीमा ३९ राष्ट्रहरु सदस्य छन् ।
धावनमार्गको अन्तिम भाग जोड्ने समानान्तर ट्याक्सी-वे विस्तार गर्ने कार्यक्रम छ । विमानस्थलस्थित धावनमार्गको पूर्वी भागमा ह्यांगर क्षेत्र विकास गर्नेछ । नेपालको हवाई क्षेत्रमा सुधार गर्न एडीबीले दुई सय अमेरिकी डलर आह्वान गरेको थियो ।
प्राधिकरण टुक्राउने शर्तमा ५० मिलियन
नागरिक उड्डयन प्राधिकरणलाई हवाई क्षेत्रको छुट्टै नियामक निकाय र सेवा प्रदायक बनाउने व्यवस्थासहितको विधेयक संसद्मा दर्ता भइसकेको छ । विधेयक अझै छलफलको चरणमा छ । विश्व हवाई संगठन (आईकाओ) र युरोपेली युनियन (ईयू) ले सेवा प्रदायक र नियमक निकाय एउटै भएको भन्दै बारम्बार प्रश्न गरिरहेका थिए। युरोपेली युनियनले नेपाली विमानमाथिको कालोसूची हटाउन पनि सेवा प्रदायक र नियामक निकाय छुट्टै बनाउनुपर्ने अडान राखिरहेको छ। आईकाओको हवाई सुरक्षासम्बन्धी मापदण्डअनुसार यो व्यवस्था अनिवार्य मानिएको छ।
विधेयकमा नागरिक उड्डयन प्राधिकरण र नेपाल हवाई सेवा प्राधिकरणको छुट्टाछुट्टै गठन गर्न एडीबीले सहायता गर्ने उल्लेख छ । बाँकी १ सय ५० मिलियन डलर हवाई पूर्वाधारका क्षेत्रमा ऋण सहायता दिने भनिएको छ। पहिलो चरणमा त्रिभुवन विमानस्थलको धावनमार्ग सुधारमा खर्च गरेको छ। विमानस्थलकै ट्याक्सी-वे तथा भित्री सडक विस्तार गर्न ५० मिलियन डलर खर्च गर्ने योजना पर्यटन मन्त्रालयको छ ।
बाँकी रकम अन्य विमानस्थल निर्माण तथा मर्मतमा उपयोग गर्ने विषयमा छलफल भइरहेको मन्त्रालयले जानकारी दिएको छ । त्रिभुवन विमानस्थल र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि दुई सय ७६ अमेरिकी डलर खर्च लाग्ने अनुमान गरिएकोमा दुई सय मिलियन अमेरिकी डलर थप सहायता गर्ने एडीबीको योजनामा उल्लेख छ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया