६७ वर्ष यताकै खराब लयमा आर्सनल

काठमाडौँ- इंग्लिस प्रिमियर लिगमा शनिबार राति आर्सनलले म्यानचेस्टर सिटीसँग ५-० को पराजय बेहोर्यो । नयाँ सिजनमा आर्सनलको यो तेस्रो हार हो । सुरुवाती दुई खेलमा आर्सनल बे्रन्टफोर्ड र चेल्सीसँग पराजित भएको थियो । इतिहादमा भएको खेलमा १० खेलाडीमा सीमित आर्सनलविरुद्ध सिटीका फेरान टोरेसले दुई गोल गरे । विजयी टिमका लागि एल्काइ गुन्डोगन, गाब्रियल जिजुस र रोड्रीले एक-एक गोल थपे ।
लिगका सुरुवाती तीन खेलमा लगातार हारेपछि आर्सनल अंकविहीन छ । आर्सनलले सन् १९५४-५५ सिजन यता पहिलो पटक सुरुवाती तीन खेल हारेको हो । प्रिमियर लिगको इतिहासमा दुई टिमले मात्रै यत्तिको खराब लय देखाएका छन् ।
सन् २००३-०४ सिजनमा उल्भरह्याम्पटनले सुरुवाती तीन खेल गुमाएको थियो । ति तीन खेलमा आर्सनलले नौ गोल खाएको थियो । त्यस सिजन उल्भरह्याम्पटन लिगको अन्तिम स्थानमा सीमित भएको थियो ।

मीनाको ह्याट्रिकमा श्रीलङ्काविरुद्ध नेपालको शानदार जित

चीन सरकारद्वारा राखेपलाई विभिन्न सामग्री सहयोग

डेभिस कप छनोट पारदर्शी छ : नेपाल टेनिस संघ

राजेन्द्र केसी स्मृति हिमालयन ब्लिट्ज चेस शनिबार

सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बन्दै

अन्ततः शुभम गिलले तोडे विराट कोहलीको कीर्तिमान

इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनोट

प्रतिक्रिया