तेस्रो सगरमाथा म्युजिक अवार्डका लागि आवेदन खुल्ला

काठमाडौं : तेस्रो साहारा एप सगरमाथा म्युजिक अवार्ड २०७८ हुने भएको छ । अर्थ नेपालको आयोजनामा हुने अवार्डको तेस्रो संस्करणको लािग आवेदन खुल्ला भएको आयोजक संस्थाद्धारा जारी विज्ञप्तिमा जनाइएको छ । अवार्डको दुई संस्करण सम्पन्न भइसकेको छ ।
कोभिडको कारण सुस्ताएको नेपाली संगीत क्षेत्रलाई चलायनमान बनाउन तेस्रो साहारा एप सगरमाथा म्युजिक अवार्ड २०७८ गर्न लागिएको आयोजक संस्था अर्थ नेपालले जनाएको छ । तेस्रो साहारा एप सगरमाथा म्युजिक अवार्ड २०७८ मा २०७६ वैशाखदेखि २०७७ चैत्रसम्म बजारमा आएका गीत संगीतले सहभागिता जनाउन सक्नेछन् । जुरी र भोटको आधारमा अवार्डको अन्तिम निर्णय हुने अध्यक्ष मनोज थापाले जानकारी दिए ।
‘नेपाली कला र स्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मुल नाराको साथ हुन लागेको तेस्रो साहारा एप सगरमाथा म्युजिक अवार्ड २०७८ मा राष्ट्रिय, चलचित्र, आधुनिक र पप विधामा देशभरका कलाकर्मी सहभागी हुन सक्ने छन् ।
तेस्रो साहारा एप सगरमाथा म्युजिक अवार्डमा नेपाली गीतसंगीतको क्षेत्रमा योगदान पु¥याएका एक जना विशिष्ट व्यक्तिलाई लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरिने छ । गीत संगीतको क्षेत्रमा विशिष्ठ योगदान पु¥याउने संंगीतकर्मीलाई विशेष सम्मान गरिने अवार्डमा कला क्षेत्रमा कलम चलाउने पत्रकारलाई समेत सम्मान गरिने आयोजक संस्थाले जनाएको छ ।

गायिका चौहान ‘साइबर ब्युरो’ गएपछि...

‘धुरन्धर’ को ‘फस्टलुक’ सार्बजनिक भए लगत्तै रणवीरको डनः ३ बारे आयो नयाँ अपडेट

बबि देओलले गरे जवान निर्देशक एटलीसँग सहकार्य, देखिनेछन् डरलाग्दो रूपमा

चलचित्र ‘जनै हराएको मान्छे' : सम्बन्धका धागाहरू’ को पोस्टर सार्वजनिक

अभय दुवाडीको स्वरमा `माछा खोलीमा´ सार्वजनिक

रङ्गकर्मी मणि कुलुङको नाटक ‘हराएको कुकुर’ शनिबारदेखि मण्डला थियटरमा

असार

प्रतिक्रिया