सोमबार १२ साउन, २०८२
Monday, July 28, 2025

प्रधानमन्त्री देउवा र दाहाल-नेपालबीच भेटवार्ता

काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार बिहान देउवा, प्रचण्ड र नेपालबीच मन्त्रिपरिषद् विस्तारलगायतका विषयमा कुराकानी भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ। 

गत २९ असारमा प्रधानमन्त्री बनेका देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेको भन्दै सत्तारुढ गठबन्धनकै आलोचना भइरहेका बेला उनीहरुबीच छलफल भएको हो । शनिबार पनि देउवा र प्रचण्डबीच भेटवार्ता भएको थियो । उपेन्द्र यादवको जसपाले मन्त्री बन्ने नेताहरुको नाम टुंग्याउन नसक्दा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको नेताहरूको भनाइ छ ।