एकलौटी निर्णय गर्ने अधिकारसहित संसदीय दलको नेतामा माधव नेपाल
सरकारमा को-को सामेल गर्ने निर्णय गर्ने अधिकार पनि नेपाललाई
काठमाडौँ - नेकपा एकीकृत समाजवादीले आफ्नो संसदीय दलको नेतामा माधवकुमार नेपाललाई चयन गरेको छ । नेपाललाई सरकारमा जानेदेखि विभिन्न निर्णयको अधिकारसहितको जिम्मेवारी दिइएको नेता विरोध खतिवडाले जानकारी दिए ।
'संघीय संसदीय दलको नेतामा माधव नेपाल चयन भएका छन्,' खतिवडाले इकागजसँग भने, 'राष्ट्रिय सभा दलको नेतामा वेदुराम भुसाल बनेका छन् ।'
संसदीय दलको विधान मस्यौदा गर्ने जिम्मा पाँच जनालाई लगाइएको खतिवडाले बताए । उनले भने, 'नेता माधव नेपाललाई एकलौटी अधिकार दिइएको छ । सरकारमा सामेल हुनेदेखि अन्य निर्णय गर्ने एकलौटी अधिकार उहाँलाई नै दिने निर्णय भएकाे छ ।'
विधानमा आइपर्ने तथा गठबन्धनको सरकारमा अनेक ढंगको निर्णय गर्नुपर्ने विषयमा बारम्बार पार्टीको बैठक राख्नु नपर्ने भएको उनले जानकारी दिए ।

लेखा समितिमा महालेखाको प्रतिवेदनमाथि छलफल हुने

कांग्रेसको महाधिवेशन २०८३ साल मङ्सिरको आसपासमा हुन्छः नेता सिटौला

सभापति देउवाद्वारा गण्डकी प्रदेशका पूर्वप्रमुख गुरुङको निधनप्रति दुःख व्यक्त

प्रदेश प्रमुख गुरुङको निधनप्रति राष्ट्रपतिद्वारा श्रद्धाञ्जली

लुम्बिनी नेपालको मात्र नभई सम्पूर्ण मानवजातिका लागि शान्तिको प्रतिक : उपप्रधानम…

कुलिङ पिरियडमा एमालेले अन्ततः म्याउ गर्यो : प्रचण्ड

आवश्यकताअनुसार संविधान संशोधन हुन्छः सभापति देउवा

प्रतिक्रिया