नेकपा समाजवादी पार्टीमा 'एमाले प्रवृत्ति' दोहोरिँदैन : माधव नेपाल
काठमाडौँ - नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीभित्र 'एमाले प्रवृत्ति' नदोहाेरिने बताएका छन् । आइतबार संसद् भवनमा बसेको पार्टीको पहिलो संसदीय दलको बैठकमा उनले यस्तो बताएका हुन् ।
कम्युनिस्ट आन्दोलन बचाउनका लागि आफूले विद्रोह गरेको भन्दै पार्टीमा 'एमाले प्रवृत्ति' नदोहरिने बताएका हुन् । नेकपा एमाले अध्यक्ष केपी ओली लक्षित गर्दै उनले एमालेमा एकल हस्तक्षेप हाबी भएको उनको आरोप लगाए । उनले एमालेमा कम्युनिस्ट आन्दोलनलाई कमजोर पार्न खोजिएको र फरक विचारलाई उपेक्षा गरिएको बताए ।
विगतमा पनि मनमोहन अधिकारी, मोहनविक्रम सिंह, तुल्सीलालले विभिन्न समयमा विद्रोह गरेर फरक–फरक समूह बनाएको भन्दै उदाहरण दिँदै त्यसले कम्युनिस्ट आन्दोलन र राष्ट्रियता बचाएको उल्लेख गरे । उनले केपी ओलीले व्यवस्थाविरुद्ध गतिविधि गरेकाले विद्रोह गर्नुपरेको जिकिर गरे ।
पार्टीभित्रको फोहोर फालेर सफा बनाउँदा सबैको आकर्षणको केन्द्र हुने धारणा राखे । त्यस्तै उनले अहिले नै अरु कुनै पार्टीसँग एकीकरण नगर्ने र देशव्यापीरूपमा बलियो संगठन बनाउने बताए । केही व्यक्तिहरूले अरू दलमा बिलिन हुन गइरहेको हल्ला चलाएको भन्दै अध्यक्ष नेपालले कुनै पनि भ्रममा नपर्न आग्रह गरे ।

लेखा समितिमा महालेखाको प्रतिवेदनमाथि छलफल हुने

कांग्रेसको महाधिवेशन २०८३ साल मङ्सिरको आसपासमा हुन्छः नेता सिटौला

सभापति देउवाद्वारा गण्डकी प्रदेशका पूर्वप्रमुख गुरुङको निधनप्रति दुःख व्यक्त

प्रदेश प्रमुख गुरुङको निधनप्रति राष्ट्रपतिद्वारा श्रद्धाञ्जली

लुम्बिनी नेपालको मात्र नभई सम्पूर्ण मानवजातिका लागि शान्तिको प्रतिक : उपप्रधानम…

कुलिङ पिरियडमा एमालेले अन्ततः म्याउ गर्यो : प्रचण्ड

आवश्यकताअनुसार संविधान संशोधन हुन्छः सभापति देउवा

प्रतिक्रिया