बिहीबार २२ साउन, २०८२
Thursday, August 07, 2025

कांग्रेस नेतृ आरजुले मनाइन् गौरा पर्व

कैलाली – नेपाली कांग्रेसकी नेतृ डा. आरजु राणा देउवा गौरा मनाउन धनगढी पुगेकी छिन् । सुदूरपश्चिमेलीको प्रमुख पर्वको रूपमा रहेको गौरा मनाउन नेतृ देउवा आइतबार दिउँसो धनगढी पुगेकी हुन् । धनगढीमै घर किनेपछि उनले तीनवर्ष यता गौरापर्व यहीं मनाउँदै आएकी छन् । आइतबार दिउँसो धनगढी पुगेकी आरजुले धनगढीस्थित निवासमा गौरा भित्र्याएकी छिन् ।

‘ठूली गौरा’ भनिने आजको दिनलाई ब्रतालु महिलाहरूले विशेष रुपमा लिने गरेका छन्। ब्रतालु महिलाहरूले बिहानै नुवार्इ धुवार्इ गर्छन्। साँझको समयमा गौरालाई गौरा घरमा भित्र्याउने चलन छ। अमुक्ताभरण सप्तमीका रूपमा रहेको आजको दिन व्रतालु महिलाहरू एक ठाउँमा जम्मा भएर फाग गाएर गौरादेवीको पूजा गर्ने प्रचलन रहेको छ ।  गौरा र महेश्वरको प्रतिमूर्ति स्थापना गरेर व्रतालु महिलाहरूले फलफूल र विरुडाले गौरा देवीको पूजा गर्ने गर्दछन् । व्रतालु महिलाहरूले धारण गर्ने विशेष प्रकारको धागो अर्थात् दुवधागो पनि आजै गौरादेवीमा चढाउने चलन छ।