अफ्रिकाबाट भारतमा लागूऔषध कोकिन ओसारपसार गर्ने तीन विदेशी पक्राउ

काठमाडौं – दक्षिण अफ्रिकाबाट नेपाल हुँदै भारतमा कोकिन सप्लाइ गर्ने समूहलाई नेपाल प्रहरीले पक्राउ गरेको छ । तीन मुलुकका तीनजना नागरिकलाई करिब ३ किलो कोकिनसहित नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोले पक्राउ गरेको हो । पक्राउ पर्नेमा एकजना दक्षिण अफ्रिकी, एकजना तान्जेनियाका र एकजना भारतीय नागरिक रहेको ब्यूराले जनाएको छ ।
उनीहरूबाट जफत भएको लागूऔषधको मुल्य करिब ९ करोड रूपैयाँ पर्ने प्रहरीले जनाएको छ । दक्षिण अफ्रिकी नागरिक सार्ली गामा ३ भदौमा कतार एयरबाट केपटाउन, दोहा हुँदै काठमाडौं आएका थिए । उनले उतैबाट लागूऔषध ल्याएको प्रहरीलाई बयान दिएका छन् । त्यस्तै उनले ल्याएको कोकिनको नेपालमा तान्जेनियन नागरिक किमारोले व्यवस्थापन गरेर भारत लैजाने तयारी गरेका थिए । दुईबाहेक भारतीय नागरिक विजय सिंह पनि अपराधिक गतिविधिमा जोडिएको प्रहरीले जनाएको छ ।
सार्लीलाई काठमाडौंको कमलादीमा रहेको एक होटलबाट पक्राउ गरेको र किमरो भने भारत फरार हुने क्रममा सिन्धुलीबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

मकरको राम्रै फाइदाको योग, कुम्भलाई नयाँ कामको मौका

नदीमा डुबेर बेपत्ता दुई जनाकोे शव फेला

करेन्ट लागेर कामदारको मृत्यु

रोटरी न्यातपोलको अध्यक्षमा बिष्णुकान्त घिमिरे, कफीखेती प्रवर्द्धन गर्न किसानसँग स…

मिनी ट्रकमा ठोक्किदा स्कुटर चालकको मृत्यु

नदीले बगाउँदा एक जनाको मृत्यु

सामाजिक कार्यमा लायन्स क्लब अफ नेपाल हिमालय एक दशकदेखि सक्रिय हुँदै

प्रतिक्रिया