मेरा पिकमा फिन्जोकको डिजेइङ

काठमाडौं: डिजे फिन्चोकले नेपालको सबैभन्दा उचाइमा रहेको ट्रेकिङ पिकमा डिजेइङ गरेका छन् । उनले गत अक्टोबर ६मा ६ हजार ४ सय ७६ मिटर उचाइमा रहेको पिकमा कार्यक्रम गरेका हुन् । डिजे फिन्जोकले संगीतलाई हिमालसँग जोड्ने अभिप्रायले कार्यक्रम गरेको बताए ।
‘ म्युजिकलाई माउन्टेनसँग जोडुँ भन्ने लागेर यसरी कार्यक्रम गरेका हौं । आधा घण्टाजति कार्यक्रम गरेका थियौं,’ डिजे फिन्जोकले भने । उनले आफूहरूको गीत सुनेर स्थानीयले रमाइलो मानेको बताए । फिन्जोकले यो कार्यक्रमलाई गिनिज वल्र्ड रेकर्डमा पनि दाबी गरेका छन् । उनले यति उचाइमा रहेर आजसम्म पनि कसैले डिजेइङ नगरेकोले गिनिजले वल्र्डमा दर्ता हुने अपेक्षा राखेका छन् ।
अहिले गिनिजले उनीहरूले गरेको दाबीको अध्यय्न गरिरहेको छ । सन् २००८ देखि डिजेइङ गरिरहेका फिन्जोक ठमेलका क्लबहरूमा डिजेइङ गर्छन् । फिन्जोक लुक्लाका स्थायी बासिन्दा हुन् । विश्वको पहिला महिला आरोही पासाङ ल्हामु शेर्पा नाताले फिन्चोककी आन्टी हुन् । पासाङ पनि लुक्लाकै हुन् ।

‘धुरन्धर’ को ‘फस्टलुक’ सार्बजनिक भए लगत्तै रणवीरको डनः ३ बारे आयो नयाँ अपडेट

बबि देओलले गरे जवान निर्देशक एटलीसँग सहकार्य, देखिनेछन् डरलाग्दो रूपमा

चलचित्र ‘जनै हराएको मान्छे' : सम्बन्धका धागाहरू’ को पोस्टर सार्वजनिक

अभय दुवाडीको स्वरमा `माछा खोलीमा´ सार्वजनिक

रङ्गकर्मी मणि कुलुङको नाटक ‘हराएको कुकुर’ शनिबारदेखि मण्डला थियटरमा

असार

अछाम-बाजुरा निर्वाचन क्षेत्रको पहिलो सांसद बूढथापाको स्मृतिग्रन्थ लोकार्पण

प्रतिक्रिया