एनआरएनएमा आर्थिक अनुशासन कडाइका साथ लागू हुन्छ : महेश श्रेष्ठ

लण्डन - गैर आवासीय नेपाली संघ (एनआरएनए) का कोषाध्यक्ष महेश श्रेष्ठले नाफाभन्दा पनि विगतमा भएका घाटालाई अहिले पूर्ति गरिरहेको बताएका छन् । नेपाल पत्रकार महासंघ युरोपको बहस शृङ्खलाको ६३औं भागमा एनआरएनए १०औं महाधिवेशन नीति र नेतृत्वको बहस कर्यक्रममा बोल्दै कोषाध्यक्ष श्रेष्ठले विगतदेखि आजसम्म भएको घाटामध्ये ११ करोड रुपैयाँको पूर्तिमा संघ लागिरहेको बताए ।
'असार मसान्तसम्म गरेर अहिले हाम्रो खातामा फिक्स डिपोजिट लगभग ५ करोड जति छ,' संघको हालको आमदानीबारे उनी भन्छन्, सबै देशहबाट सदस्यता शुल्क ५ डलरको हिसाबले आउने क्रममा छ । यो अधिवेशनसम्म हामीले ९/१० करोड जति आम्दानी गर्छौं ।'
'२००३ देखि आजसम्म आउँदा आर्थिक पक्ष अलि व्यवस्थित भएको पनि उनले दाबी गरे । हामीले विभिन्न प्रोजेक्ट र सचिवालय खर्चलगाएतका सबै खर्चको डिडिए गर्यौँ र त्यसबाट हाम्रो खर्चबारे पूर्ण विवरण पायौँ र त्यही अनुसार काम गर्यौँ, कोषाध्यक्ष श्रेष्ठले भने, 'यसरी नै हाम्रो संस्थाको आर्थिक पक्ष पारदर्शिता भएको छ । साथै खर्च पनि व्यवस्थित भएको छ ।'
यस्तै, चुनावमा मतदान दिँदा मतदाताले आधार खोज्ने भएकाले एनआरएनए निर्वाचनमा राजनीतिकको प्रभाव पर्न सक्ने आंकलन उनको छ । यसैगरी संघको आर्थिक पक्षलाई अझैं व्यवस्थित गर्न र आर्थिक अनुशासन पालना गर्न आफूहरू सचेत रहेको पनि उनले बताए । साथै आफ्नै कार्यकालमा संघमा हुने धेरै अनावश्यक खर्चलाई पनि कटौति गरेको उनको भनाइ छ । उनी एनआरएनए १०औं महाधिवेशनका लागि उपाध्यक्ष पदका प्रत्यासी पनि हुन्। उनी जापानमा बसोबास गर्दै आएका छन् ।

सोनिया र राहुल गान्धी विरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता

पोर्चुगलका नेवार समुदायले बिस्का जात्रा मनाउँदै

राजदूत पौडेलद्वारा ओहदाको प्रमाणपत्र पेस

अष्ट्रेलिया नेपाली कम्युनिटीको (अर्बन) अध्यक्षमा इटहरीका अरूणचन्द्र श्रेष्ठ निर्वाच…

भारतीयको रोजाइमा सिन्की, नेपाली हस्तकला र विजयसालका भाँडा

पाँचौँ नेपाल–जापान न्युरोसर्जरी सम्मेलन आजदेखि सुरु

एनआरएनएको एकता महाधिवेशनका लागि निर्वाचन समिति गठन

प्रतिक्रिया