बाढीपहिरोले तीनको मृत्यु, दुई बेपत्ता

दार्चुला- विभिन्न भेगमा आएको बाढी र पहिराका कारण तीनको मृत्यु भएको छ भने दुई जना बेपत्ता भएका छन् । आइतबार राति आएको बाढीपहिराले दुहुँ गाउँपालिका र महाकाली नगरपालिकाका विभिन्न क्षेत्रमा भौतिक तथा मानवीय क्षति गरेको हो ।
पहिराले घर पुरिँदा दुहुँ गाउँपालिका-१ बासपालिकामा नरसिंह महर र उनकी श्रीमती कौशा महरको मृत्यु भएको छ । राति सुतिरहेकै अवस्थामा घरमाथिबाट खसेको पहिराले उनीहरूको पुरिएर मृत्यु भएको प्रहरी नायब उपरीक्षक मनोहरप्रसाद भट्टले बताए ।
यस्तै दुहुँ गाउँपालिका-५ दुल्लामा बाढीले मनुवा डडालको पनि मृत्यु भएको छ । कालागाड खोलामा बेलुकी १० बजेदेखि आएको बाढीले डडाललाई घरैसहित बगाएको हो । बाढीले घरजग्गासहित पुल, जलविद्युत्, पानीघट्ट र पशुचौपायामा समेत क्षति पुर्याएको छ । यो क्षेत्रमा पाँच पसल, दुई लघु जलविद्युत् आयोजना, चार झोलुङ्गे पुल र एउटा पक्की पुल बगेको स्थानीयले बताएका छन् ।
त्यस्तै वडा नं ३ निजाङगाडमा बाढीले दुई जना बेपत्ता छन् । निजाङगाड खोलाको बाढीले स्थानीय शेरसिंह कार्की र हरकसिंह कार्की बेपत्ता भएको स्थानीय दिलीपसिंह कार्कीले जानकारी दिए ।
निजाङगाडकै खोलाले दार्चुला-तिङ्कर सडकको पुल र दुई झोलुङ्गे पुल बगाएको छ । यो क्षेत्रका आधार्दजन घर तथा पसल बगाएको छ । दार्चुला तिङ्कर सडकखण्डको निजाङगाड पुल बग्दा दुहुँ र व्यास गाउँपालिकाको सम्बन्ध विच्छेद भएको छ ।
दुहुँ-३ को श्रीवगडमा निजाङगाडले पूर्णबहादुर बम, नरेन्द्रबहादुर बम, दिपक बम, रणबहादुर बम धीरेन्द्र बम र शेरबहादुर बमको घर बगाएको छ । यस्तै महाकाली नगरपालिका- १ को श्रीबगडमा देवबहादुर बम, अमरबहादुर बम, सुन्दरबहादुर बम र जीतबहादुर बमको होटल तथा पसल बगाएको छ ।
यस्तै निजाङगाड खोला नजिकै रहेको अपि नाम्पा संरक्षण क्षेत्र कार्यालयको रेञ्जपोष्ट भवनको आधा भाग बगाएको छ । अहिले घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, रेडक्रस र स्थानीय पुगेका छन् । राती २ बजेबाट आएको बाढीले श्रीबगड क्षेत्रमा खेतबारी नोक्सान गरेको छ । वारिपारि जाने बाटो नहुँदा स्थानीयलाई उद्धारमा समस्या भएको छ । अहिले यो क्षेत्रमा तुइन लगाएर भए पनि सामान सार्न सुरक्षाकर्मी परिचालन गरिँदैछ । रासस

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया