७२३२ को परीक्षण गर्दा थपिए १२१७ संक्रमित

काठमाडौँ : पछिल्लो २४ घण्टामा एक हजार २ सय १७ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ । सात हजार २ सय ३२ जनाको पीसीआर परीक्षण गर्दा यती संख्यामा संक्रमण देखिएको हो ।
यो सँगै नेपालमा कोभिड संक्रमितको संख्या दुई लाख ४५ हजार ६ सय ५० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार बिहीबार देशभर १२ हजार ३ सय ८६ जना सक्रिय संक्रमित छन् ।
पछिल्लो २४ घन्टामा १२ जना कोभिड संक्रमितको मुत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोभिड संक्रमणबाट मृत्यु हुनेको संख्या एक हजार ६ सय ६३ जना पुगेको छ ।
मन्त्रालयका अनुसार बिहीबार एक हजार ६४ जना संक्रमणमुक्त भएका छन् । योसँगै दुई लाख ३१ हजार ६ सय १ जना संक्रमणमुक्त भएका छन् । हाल ५ सय १५ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया