बुटवलको ज्योतिनगरमा निरन्तर पहिरो, थप सात घरमा क्षति
बुटवल - बुटवलमा आइतबार बिहानदेखि झर्न सुरु गरेको लेदोसहितको पहिरो अझै रोकिएको छैन । सोमबार बिहानैदेखि वर्षासँगै आएको पहिरोले बुटवलका थप ७ घर पुरिएका छन् भने दर्जनौ घर जोखिममा परेका छन् । वर्षाका कारण जोखिम न्यूनीकरणका काम गर्न समस्या भएको उद्धारमा खटिएका सुरक्षाकर्मीले बताएका छन् ।
आइतबारसम्म २ दर्जन बढी घरमा पसेको बाढी आज थप ७ घरभित्र पसेको हो । पहिरोले अम्मर विक, सीता थकाली, तुल्सा सुवेदी, यमबहादुर पुन, मन कुमारी शर्मा, इश्वरा पाण्डे र रोशन राणाको घर पुरेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक मदन कुँवरले जानकारी दिए । वर्षा नरोकिएमा र लेदो नरोकिएमा अझै दर्जन बढी घरमा क्षतिको जोखिममा रहेको बताइएको छ ।
पहिरोबाट बुटवलको बमघाट र ज्योतिनगरको सीमा क्षेत्रका बस्ती सबैभन्दा बढी जोखिममा परेका छन् । साथै पहिरोको लेदो बगेर बुटवलको हस्पिटल लाइनसम्म आइपुगेको छ । वर्षा नरोकिए बुटवलको मुख्य बजार नै जोखिम पर्ने खतरा छ ।
२०३८ र २०५५ सालको बाढीले ज्योतिनगर र लक्ष्मीनगर क्षेत्र नराम्रोसँग प्रभाावित भएको थियो। ज्योतिनगरमा २०५५ साल भदौ २० गते चुरे पहाड नै खसेपछि ५७ घर क्षतिग्रस्त भएका थिए ।

रुकुम पश्चिममा जिप दुर्घटना

भिरबाट लडेर मृत्यु

मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु, तीन घाइते

आज चार प्रदेशमा अत्यधिक वर्षा हुने पूर्वानुमान

आज यस्तो छ राशिफलमा तपाईंको भाग्य

‘छाउगोठ बनाउने र बस्न बाध्य पार्नेलाई सुविधामा पुर्नविचार गछौं’

पूर्वतयारी र चुस्त प्रतिकार्यमा ध्यान दिन राजनीतिक दलहरुको सुझाव

प्रतिक्रिया