बाढीले माथिल्लो चमेलियाको ड्याम साइटमा क्षति पुर्यायो

कैलाली - चमेलिया नदीमा आएको बाढीले अपि पावर कम्पनीले निर्माण गरिरहेको माथिल्लो चमेलियाको ड्याम साइडमा क्षति पुर्याएको छ । निर्माणाधीन ४० मेगावट क्षमताको जलविद्युतको ड्याम क्षेत्रमा बाढीले क्षति पुर्याएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
अपि गाउँपालिकाको ओखल नजिकै निर्माण भइरहेको ड्याम क्षेत्रमा पूरै बालुवा, माटो भरिनुका साथै निर्माणस्थलमा रहेका स्काभेटर, टयाक्टर र निर्माण सामग्रीमा क्षति पुगेका जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) मनोहर प्रसाद भट्टले जानकारी दिए ।
त्यस्तै अपि हिमाल गाउँपालिकामा बाढिले दुईवटा झोलुङ्गे पुल बगाएको छ । आइतबार राती आएको अविरल वर्षाका कारण अपिहिमाल १ ककनाडी र ६ चौकीबगाडमा रहेको झोलुङ्गे पुल बगाएको डिएसपी भट्टले जानकारी दिए । पुल बगाए पछि स्थानीयलाई आवतजावत मै समस्या भएको छ ।

नेपालमा ८६ हजार ८०९ जना यौन श्रमिक

राशिफलमा यस्तो छ तपाईंको भाग्य

गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको अभिव्यक्ति प्रति यातायात व्यवसायीको गुन…

वैदेशिक रोजगारीमा ठगी गर्ने तीन जना पक्राउ

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादीहरू पक्राउ

लोकतन्त्र बलियो भए मात्रै पत्रकारिता बलियो हुन्छः अध्यक्ष शर्मा

मनकामना धाममा २ सय १६ किलोको ऐतिहासिक घण्टी चढाइयो

प्रतिक्रिया