दार्चुला पहिरोका घाइतेको सेती अस्पतालमा उपचार सुरु

कैलाली - दार्चुलामा पहिरोमा परी घाइते भएका दुई जनाको सेती प्रादेशिक अस्पतालमा उपचार सुरु भएको छ । सोमबार साँझ नेपाली सेनाको हेलिकप्टर मार्फत धनगढी ल्याइएका दुहु गाउँपालिका-५ का जनक पार्की र उजेली डडालको सेती प्रादेशिक अस्पतालमा उपचार सुरु भएको हो ।
घाइतेको अवस्था गम्भीर भएपछि थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत धनगढी ल्याइएको हो । घाइते दुवै जनाको स्वास्थ्य अवस्था बुझ्न सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशी सेती प्रादेशिक अस्पतालमै पुगेकी थिइन् ।
मन्त्री जोशीले घाइतेहरूको सिघ्र स्वास्थ्य लाभको कामना सहित उपचारमा केही पनि कमी नगर्न अस्पता प्रशासनलाई निर्देशन दिएकी छिन् ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया