पश्चिम नेपालका थारुले मनाए अष्टिम्की पर्व

कैलाली - पश्चिम नेपालमा बसोबास गर्ने थारु समुदायका मानिसहरूले अष्टिम्की पर्व मनाएका छन । दुई दिनसम्म मनाइने यो पर्वको आज पहिलो दिन महिला, युवतीहरूले निराहार व्रत बसेर साँझपख विधिपूर्वक पूजाआजा गरिसकेपछि मात्रै पानी र फलफूल खाने गर्दछन् ।
अष्टिम्की पर्वमा महिलाहरू आफ्नो श्रीमानको दीर्घयुको कामना गर्दछन् भने अविवाहित युवतीहरूले राम्रो बर पाउनका लागि निराहार व्रत बस्ने गरेको थारु अगुवा प्रभात चौधरीले बताए ।
अष्टिम्की पर्वमा व्रत बसेमा मनोकामना पूरा हुने र सुख, शान्ति, समृद्धि प्राप्त हुने धार्मिक विश्वास रहेको बताउदै अगुवा चौधरीले भोलिपल्ट विवाहित छोरीचेलीलाई ‘अग्रसान’ उपहार दिने चलन रहेको बताए ।

हलेसीमा रामनवमी मेला

फागुनमा पाथीभराबाट १३ लाख बढी भेटी संकलन

सभ्य बन्दै होली : अनुमति विना रङ दलिदिने र पानी खन्याइदिने दृश्य बिरलै

प्रेम र यौनको प्रतीकका रूपमा भक्तपुरमा होली पर्व

सभ्य बन्दै होली: अनुमति विना रङ दलिदिने र पानी खन्याइदिने दृश्य बिरलै

होलीमय मिथिला

पहाडी क्षेत्रमा आज फागुपर्व मनाइँदै

प्रतिक्रिया