बागमतीमा चार कार्यालय थपिए
बागमती- बागमती प्रदेश सरकारले नागरिकलाई सहज र सरलरूपमा सेवा प्रवाह गर्ने उद्देश्य राखेर उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयअन्तर्गत नयाँ कार्यालय खडा गर्ने निर्णय गरेको छ । वन मन्त्रालयअन्तर्गतको प्रदेशमा बाढीपहिरो नियन्त्रणका लागि तीन वटा भूसंरक्षण कार्यालय र पर्यटन क्षेत्रको विकास र विस्तारका लागि पर्यटन विकास आयोजनाअन्तर्गत एउटा उपशाखा गरी चार वटा कार्यालय थप गर्ने निर्णय भएको हो ।
बाढीपहिरो नियन्त्रणका लागि प्रदेश सरकारले मकवानपुर, रामेछाप र नुवाकोटमा तीन वटा भूसंरक्षण कार्यालय स्थापना गर्न लागेको उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालयका सूचना अधिकारी नवराज पुडासैनीले जानकारी दिए । प्रदेश सरकारले काठमाडौँमा पर्यटन विकास आयोजना कार्यालयको उपशाखा स्थापना गर्ने निर्णय गरेको सूचना अधिकारी पुडासैनीले बताए ।
यसअघि यस प्रदेशमा ललितपुरमा एउटा तथा सिन्धुपाल्चोक जिल्लामा एउटा गरी दुई भूसंरक्षण कार्यालय स्थापना गरिएको थियो । बाढीपहिरो नियन्त्रणका लागि उक्त कार्यालयबाट सम्भव नभएकाले थप कार्यालय स्थापना गर्ने निर्णय भएको हो ।
यस प्रदेशको १३ वटै जिल्लाबाट पर्यटन विकाससम्बन्धी सेवा र योजनाको सम्झौताका लागि हेटौँडा आउनुपर्ने बाध्यता हटाउन काठमाडौँमा उपशाखा स्थापना गर्ने भएको छ । उपशाखाबाट ससाना योजना, उपभोता समूहबाट हुने योजनाको सेवाको प्रवाह हुने बताइएको छ तर ठूला ठेक्का र योजनाको काम आयोजनाको हेटौँडाबाट हुनेछ । रासस

काभ्रेलाई पूर्णखोप सुनिश्चित जिल्ला घोषणा
नालामा पुल भाँचियो : काठमाडौँ जाने वैकल्पिक सडक अवरुद्ध

बागमती प्रदेशसभामा आगामी आवको बजेटमाथि छलफल प्रारम्भ

माछा मार्न गएका युवकलाई गोहीले लियो ज्यान

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

ललितपुर महानगरपालिका पूर्णखोप सुनिश्चित स्थानीय तह

चितवनमा परीक्षण गरिएका सबै फार्मको महमा पौष्टिक तत्त्व भरिपूर्ण

प्रतिक्रिया