प्रदेश २ सरकारमा एकीकृत समाजवादीलाई ल्याउने तयारी

जनकपुरधाम - माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)ले पनि प्रदेश २ सरकारमा जाने तयारी गरेको छ । केन्द्रमा भएको एकीकरण अनुसार जसपा नेतृत्वमा रहेको प्रदेश सरकारले कांग्रेस, माओवादीसँगै नेकपा एकीकृत समाजवादीलाई पनि सरकारमा सहभागी गराउन खोजेका थिए । तर दलको छिनोफानो नभएको कारण सहभागी हुन सकेको थिएन।
एकीकृत समाजवादी दल दर्ता भएपछि सरकारमा सहभागी गराउने तयारी थालिएको बताइएको छ । संघीय सरकारमा सहभागी भएलगतै प्रदेश २ मा सरकारमा सहभागी हुने एकीकृत समाजवादीका प्रदेश सांसद शत्रोध्न महतोले बताए ।
'अनौपचारिक रूपमा कुरा भइरहेको छ,' उनले भने, 'तर बुधबारसम्म प्रदेश सांसदको सनाखत भएपछि सरकारमा जाने विषयमा औपचारिक रूपमा मुख्यमन्त्रीसँग छलफल हुनेछ ।' बुधवार आफ्नो पार्टीको सनाखत हुँदैछ । सो कार्य सकेपछि संसदीय दलको नेता चयनलगायतका कुरा सम्पन्न गरेर सरकारमा सहभागी र कुन कुन मन्त्रालय दिने सम्बन्धमा कुरा हुने उनले बताए ।
अहिले प्रदेशमा जनता समाजवादी पार्टी (जसपा) को नेतृत्वको सरकारमा छ । सो सरकारमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको सहभागिता रहेको छ । केन्द्रीय गठबन्धन अनुसार तत्कालीन राजपाबाट मन्त्री बनेका जितेन्द्र सोनललाई हटाएर कांग्रेसलाई सहभागी गराएको छ भने आफ्नै पार्टीका मन्त्री ज्ञानेन्द्र यादवलाई हटाएर माओवादीलाई सहभागी गराएका छन् ।
कांग्रेसबाट रामसरोजले भौतिक पुर्वाधार विकास मन्त्रीको जिम्मेवारी पाएका छन् भने माओवादीबाट भरत साहले आन्तरिक मामिला तथा सञ्चार मन्त्रीको जिम्मेवारी सम्हालेका छन् । कांग्रेसले ३ वटा र माओवादीले एउटा मन्त्रालय पाएका छन् । कांग्रेसले ३ वटा मध्ये एउटा भौतिक पुर्वाधार विकास मन्त्रालय र त्यसै मन्त्रालयलाई टुक्राएर खानेपानी तथा उर्जा मन्त्रालय ओमप्रकाश शर्मा र समाजिक विकास मन्त्रालयलाई टुक्रायाएर महिला तथा बालिका मन्त्रालय विरेन्द्र सिंहलाई जिम्मेवारी दिइएको छ ।
मुख्यमन्त्रीसहित ७ वटा मन्त्रालयलाई टुक्राएर ११ वटा मन्त्रालय बनाइएको छ । हाल ११ मन्त्रालयमध्ये दुई वटा रिक्त रहेको छ । ती दुवै मन्त्रालय नेकपा एकीकृत समाजवादीलाई दिने तयारी भइरहेको बुझिएको छ । हाल मुख्यमन्त्री राउतले सम्हाल्दै आएका वाणिज्य, आपूर्ति तथा विज्ञान प्रविधि र कानून, न्याय तथा प्रदेश सभा मामिला मन्त्रालय एकीकृत समाजवादीलाई दिइने मुख्यमन्त्री श्रोतले जनाएको छ ।

सशस्त्र प्रहरीद्वारा साढे सात हजार कुखुराका चल्ला बरामद

रौतहटमा विपद्सँग जुध्न विपद् प्रतिकार्य अभ्यास

सप्तरीमा डाका समूहद्वारा लुटपाटसँगै एकको हत्या

मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

मधेस प्रदेशमा राष्ट्रिय शिक्षा सम्मेलन हुने

वीरगञ्ज नाका हुँदै भित्रिने चार पाङ्ग्रे सवारीसाधनको आयात घट्यो

हात्तीको आक्रमणबाट विष्टको मृत्यु

प्रतिक्रिया