सोमबार २३ असार, २०८२
Monday, July 07, 2025

बागमतीकी मुख्यमन्त्री शाक्य अल्पमतमा, यी ११ सांसदले रोजे नेकपा (एकीकृत समाजवादी)

फाइल तस्बिर

काठमाडौँ – बागमती प्रदेशमा नेकपा एमालेको सरकार अल्पमतमा परेको छ । डोरमणि पौडेललाई हटाएर अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्री बनाउँदै सत्ता टिकाउन प्रयास गरेको नेकपा एमालेलाई ११ प्रदेश सभा सदस्यले माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) रोजेपछि सरकार अल्पमतमा परेको हो । 
 
नेपाल नेतृत्वको पार्टी रोजेका प्रदेश सभा सदस्यहरुले निर्वाचन आयोगको प्रादेशिक कार्यालय हेटौँडामा गएर सनाखतसमेत गरिसकेका छन् । अल्पमतमा परेकी मुख्यमन्त्री शाक्यले अब तीस दिनभित्र प्रदेश सभामा विश्वासको मत लिनुपर्नेछ ।

नेकपा (एकीकृत समाजवादी)ले नेता राजेन्द्र पाण्डेलाई बागमती प्रदेश सभाका सदस्यहरुलाई आफ्नो पक्षमा ल्याउन छलफल गर्ने जिम्मा दिएको थियो । 

यी हुन् नेकपा (एकीकृत समाजवादी) रोज्ने प्रदेश सभा सदस्यहरु 

राजेन्द्र पाण्डे
मुनु सिग्देल
लक्ष्मण लम्साल
राजेन्द्रमान श्रेष्ठ
बसुन्धरा हुमागाईं
कुसुमकुमार कार्की
वसन्त मानन्धर
रमा आले
पार्वती सिलवाल
माधव पौडेल
ईन्द्रमाया गुरुङ