एमालेले भन्यो : अष्टलक्ष्मी नेतृत्वको सरकार अल्पमतमा पर्यो, संसदीय खेल खेल्छौँ

काठमाडौँ – नेकपा एमालेले बागमती प्रदेशम अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकार अल्पमतमा परेसँगै संसदीय खेल सुरु भएको जनाएको छ । एमालेका १२ सांसदले एमाले नै विभाजन गरेर नेकपा(एकीकृत समाजवादी) दर्ता गरेका माधवकुमार नेपाल नेतृत्वको दलको तर्फमा सनाखत गरेसँगै शाक्य नेतृत्वको सरकार अल्पमतमा परेको हो ।
एमालेले पनि शाक्य नेतृत्वको सरकार अल्पमतमा परेको स्वीकारेको छ । ‘एमाले विभाजनपछिको असर देखियो । अब हामी कानुनी प्रक्रिया अनुसार अघि बढ्छौँ । बागमती प्रदेश सरकार स्वभाविक रुपमा अल्पमतमा परेको छ । हामी संविधानका अन्य धाराहरुको प्रयोग गरी सरकार जोगाउने छलफलमा छौँ,’ एमाले बागमती प्रदेश सभाका प्रमुख सचेतक रमेश निरौलाले भने, ‘यसका लागि एकभन्दा धेरै दलसँगको सहकार्यमा गर्नुपर्छ । शाक्यकै नेतृत्वमा नयाँ सरकार बनाउने नेकपा एमालेको अभियान सुरु हुन्छ ।’
प्रदेश सभामा धेरै सांसद भएका दल गठबन्धनकै छन् नि भन्ने प्रश्नमा उनले भने, ‘संसदीय प्रक्रियामा धेरै कुरा हुन्छ । सबै कुरा नभनौँ । खेल सुरु हुन्छ ।’

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया