प्रदेश २ मा लोसपाका जनप्रतिनिधिको सनाखत सुरु
जनकपुरधाम : नयाँ दल दर्ता गराएका नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टीका लागि आजदेखि प्रदेशस्तरीय सनाखत शुरु भएको छ । मंगलवार नेकपा एमाले र जनता समाजवादी पार्टी जसपा छोडेर नयाँ पार्टीमा प्रवेश गरेका स्थानीय तहका जनप्रतिनिधिहरुले जिल्ला स्थित निर्वाचन आयोगको कार्यालय पुगेर सनाखत गरेका हुन् ।
पहिलो दिन लोसपाको प्रदेश २ मा स्थानीय तह जनप्रतिनिधिहरुको सनाख्त गरेका छन् । धनुषामा १ सय १२ जनप्रतिनिधि ५४ जना सनाख्त गरेका छन । निर्वाचन आयोगले नयाँ दलमा प्रवेश गरेको जानकारी दिन आफैं निर्वाचन कार्यालय पुगेर सनाखत गर्नुपर्ने व्यवस्था अनुरुप जनप्रतिनिधि स्वयं उपस्थित भएर सनाखत गरेका छन् । त्यस्तो महोत्तरीमा राजपाका २ सय १५ जनप्रतिनिधि रहेकोमा १ सय २ जनाले सनाख्त गरेका छन भने पर्सा र सर्लाहीमा सनाखत हुन सकेको छैन ।
धनुषाको १८ स्थानीय तह मध्ये मेयर÷उपमेयर १२/१२, अध्यक्ष÷उपाध्यक्ष ६/६, वडा सदस्य १ सय ६९ र सदस्यहरु ६ सय ४३ जना गरी ८ सय ४८ जना जनप्रतिनिधि रहेको छ । जसमध्ये तात्कालिन राजपाबाट मेयर/उपमेयर २/२ जना, वडा अध्यक्ष २१ र सदस्यहरु ८७ जना गरी १ सय १२ जना जनप्रतिनिधि रहेको थियो । जसमध्ये जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साह राजपाबाट जितेपनि जसपामा गइसकेको छ ।
हालको जसपा रहेको तात्कालिन समाजवादी पार्टीबाट धनुषा जिल्लामा मेयर, उपमेयर र उपाध्यक्ष गरी ३ जना, वडाध्यक्ष २३ र सदस्यहरु १ सय ८ जना गरी १ सय ३४ जना सदस्य रहेको थियो । सपा र राजपा एकीकृत भई जसपा हुँदा धनुषामा मेयर ३, उपमेयर २, अध्यक्ष÷उपाध्यक्ष १÷१ जना, वडा अध्यक्ष ४४ र सदस्यहरु १ सय ९५ गरी कुल २ सय ४६ जना जनप्रतिनिधि रहेको थियो ।
यही भदौ २ गते एमाले विभाजन भएर माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी विभाजन भएर महन्थ ठाकुर नेतृत्वमा लोकतान्त्रिक समाजवादी पार्टी भन्ने नयाँ दल दर्ता भएको थियो ।
सो दलहरुलाई निर्वाचन आयोगले भदौ २२ गतेसम्म दल सनाख्त गर्न समयावधि दिइएको छ । प्रतिनिधि सभा सदस्य र कार्यकारिणी सदस्यहरुले भदौ ९ गते निर्वाचन आयोगको केन्द्रिय कार्यालयमा दल सनाखत गरेका थिए ।
त्यस्तै, एमाले छोडेर एकीकृत समाजवादीमा गएका प्रदेश सांसदहरुले बुधबार निर्वाचन कार्यालय पुगेर सनाखत गर्नेछ भने लोसपाका प्रदेश सांसदहरुले बिहीवार सनाखत गर्नेछ ।

सशस्त्र प्रहरीद्वारा साढे सात हजार कुखुराका चल्ला बरामद

रौतहटमा विपद्सँग जुध्न विपद् प्रतिकार्य अभ्यास

सप्तरीमा डाका समूहद्वारा लुटपाटसँगै एकको हत्या

मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

मधेस प्रदेशमा राष्ट्रिय शिक्षा सम्मेलन हुने

वीरगञ्ज नाका हुँदै भित्रिने चार पाङ्ग्रे सवारीसाधनको आयात घट्यो

हात्तीको आक्रमणबाट विष्टको मृत्यु

प्रतिक्रिया