दुई परिवारबीच विवाद : कुटपिटले एकको मृत्यु

सिरहा- सिरहाको कल्याणपुर नगरपालिका-९ डुमरीमा आज बिहान दुई परिवारबीच विवाद हुँदा एक महिलाको मृत्यु भएको छ । सामान्य विषयलाई लिएर दुई परिवारबीच विवादसँगै कुटपिट हुँदा स्थानीयवासी ६५ वर्षीया भालसैरदेवी यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।
विवाद बढ्दै गएपछि भएको कुटपिटमा भारसैरदेवीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुभाष बुढाथोकीले जानकारी दिए ।
भारसैरदेवीको मृत्यु भएलगत्तै कुटपिटमा संलग्न भएको आरोप लागेका जयकुमार र श्रीदेव फरार भएको उपरीक्षक बुढाथोकीले बताए । भारसैरदेवीको शव परीक्षणका लागि लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पताल ल्याइएको छ । रासस

सशस्त्र प्रहरीद्वारा साढे सात हजार कुखुराका चल्ला बरामद

रौतहटमा विपद्सँग जुध्न विपद् प्रतिकार्य अभ्यास

सप्तरीमा डाका समूहद्वारा लुटपाटसँगै एकको हत्या

मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

मधेस प्रदेशमा राष्ट्रिय शिक्षा सम्मेलन हुने

वीरगञ्ज नाका हुँदै भित्रिने चार पाङ्ग्रे सवारीसाधनको आयात घट्यो

हात्तीको आक्रमणबाट विष्टको मृत्यु

प्रतिक्रिया