प्रदेश १ का १० सांसद एकीकृत समाजवादीको पक्षमा खुले

विराटनगर - नेकपा (एकीकृत समाजवादी)का प्रदेश १ का १० जना सांसदले निर्वाचन आयोगमा पुगेर सनाखत गरेका छन् । निर्वाचन आयोग कार्यालय पुगेर १० जनाले सनाखत गरिसकेका हुन् । आठ जनाले यसअघि नै सनाखत गरेका थिए भने थप दुई जना सांसद सनाखतका लागि आयोग पुगेका हुन् । सांसद उपेन्द्र घिमिरे र कृष्ण कुमारी राई पनि सनाखतका लागि आयोग पुगेका हुन् । उनीहरू नागरिकताको नाममा त्रुटि भएका कारण निर्वाचन आयोगको प्रदेश कार्यालय पुग्ग समय लागेको जनाइएको छ ।
यसअघि ८ जना सांसद राजेन्द्र राई, खिनु लङ्वा लिम्बू, राजन राई, सुनिता चौधरी, गणेश काम्बाङ, सरिता थापा, साबित्रा कुमारी रेग्मी, पदम कुमारी गुरुङले आयोग पुगेर सनाखत गरेका थिए ।

मेचीनगरमा ‘अफ्रिकन स्वाइन फ्लू’ र ‘लम्पी स्किन’को सङ्क्रमण पुष्टि
भोजपुरको वाक्चाखामा ‘जाल्पादेवी गुराँस पदमार्ग’ निर्माण

सवारी दुर्घटनामा मृत्यु

कोशी प्रदेश ‘पान उत्कृष्ट नगरपालिका पुरस्कार–२०८२’ हलेसी तुवाचुङलाई

पोखरीमा डुबेर दुई बालकको मृत्यु

पाँच करोड राजस्व सङ्कलन

बेपत्ता सुरक्षाकर्मीको खोजीमा एसएसपीको टोली परिचालन, एक जनाको शव भेटियो

प्रतिक्रिया