महन्थ ठाकुर भन्छन् : जसपा भन्दा लोसपा बलियो छ

जनकपुर – जनता समाजवादी पार्टी (जसपा) विभाजन भएर बनेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरले जसपाभन्दा आफ्नो पार्टी बलियो रहेको दाबी गरेका छन् ।
प्रदेश सांसदहरुसँग दल सनाखत सम्बन्धमा छलफलका लागि बुधबार जनकपुरधाम आएका अध्यक्ष ठाकुरले जनकपुर विमानस्थलमा संचारकर्मीसँग भने, ‘कसैले भन्छ लोसपा भन्दा जसपा बलियो हो, त्यो उनको दिवा सपना हो, अंकगणितीय रुपमा मजबुत होला तर धरातलीय रुपमा लोसपा नै मजबुत छ ।’
उनले संघीय र प्रदेशका केही सांसद लोभमा परेर जसपामा लागेको पनि बताए ।
‘जुन लोभमा केही सांसद जसपामा गएका छन, तिनीहरु पनि पद नपाएपछि र चुनावको समयमा हामी सँगै आउनेछन्’ उनले भने ।
तत्कालिन राजपा नेपालबाट निर्वाचित केही जनप्रतिनिधि तथा प्रदेश सभा सदस्यहरु जसपामा लागेपछि तिनीहरुलाई आफूतिर फर्काउन लोसपामा सनाखत गर्न छलफलका लागि अध्यक्ष ठाकुरसँगै वरिष्ठ नेताद्वय राजेन्द्र महतो र शरतसिंह भण्डारी पनि जनकपुरधाम आएका छन ।

बागमती प्रदेशसभाको आगामी बैठकमा आर्थिक सर्वेक्षण पेस हुने

बाढीको जोखिम टार्न समयमै तटबन्ध निर्माण गर्न मन्त्री खड्काको प्रतिबद्धता

सदनको गतिरोध अन्त्य गर्न दलहरु समझदारी नजिकः सचेतक बर्तौला

रासायनिक मलको अनुदानका लागि बजेट अपुग छ : मन्त्री अधिकारी

चौध वर्षदेखि अल्झिएको मूआब्जाको गाँठो फुकाइँदै

राज्यको चौथो अङ्गमा महिलाको पहुँच र भूमिका अझै न्यून : पूर्वराष्ट्रपति भण्डारी

आज पनि प्रतिनिधिसभा बैठक स्थगित, अर्को बैठक भोलि

प्रतिक्रिया