नेप्सेका सीइओको राजीनामा प्रस्ताव मन्त्रिपरिषद्मा

काठमाडौँ - नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का प्रमुख चन्द्रसिंह साउदले आफ्नो पदबाट दिएको राजीनामा स्वीकृति प्रस्ताव मन्त्रिपरिषद्मा पुगेको छ । मन्त्रिपरिषद्ले उनको राजीनामा स्वीकृत गरेपछि उनी पदमुक्त हुनेछन् ।
नेप्सेका प्रमुखलाई मन्त्रिपरिषद्बाटै नियुक्ति गर्ने व्यवस्था भएकाले उनको राजीनामा त्यतैबाट स्वीकृत हुने व्यवस्था छ । आफ्नो पत्नीमार्पत सर्वोत्तम सिमेन्ट उद्योगको सेयर खरिद गरेको आरोप लागेपछि साउदले पदबाट राजीनामा दिएका थिए ।
करिब एक महिना कार्यकाल बाँकी रहँदै उनले सोहीदिनबाट लागू हुने गरि राजीनामा दिएका थिए । उनको राजीनामा स्वीकृतिका लागि मन्त्रिपरिषद्मा अर्थ मन्त्रालयले लगेको हो ।

‘औद्योगिक पूर्वाधार विकासमा सरकार साधक बन्नेछ’

सगरमाथा आरोही पूर्णिमा श्रेष्ठ विनोद कुकवेयर ईन्डियाको ब्रान्ड एन्डोर्सरमा नियुक्त

आज यस्तो छ विदेशी मुद्राको विनिमय दर

पर्यटकलाई फरक स्वाद दिलाउन लागि परेको बगैँचा रिसोर्ट, प्रकृतिमै रम्ने प्रकृतिम…

आजदेखि घट्यो डिजेल र पेट्रोलको मूल्य

दुई वटा व्यापारिक फर्ममाथि जरिवाना

कतिमा कारोबार हुँदैछ आज विदेशी मुद्रा ?

प्रतिक्रिया