प्रदेश २ मा लोसपाको पक्षमा १० सांसदको सनाखत (सूचीसहित)

जनकपुरधाम – जनता समाजवादी पार्टी (जसपा) बाट विभाजन भएर नयाँ पार्टी बनेको लोकतान्त्रिक समाजवादी पार्टीका लागि १० प्रदेश सभा सदस्यले सनाखत गरेका छन् ।
आज बुधबार जनकपुरधामस्थित निर्वाचन आयोगको प्रदेश कार्यालयमा पुगेर पूर्व राजपाका ११ जनाले सनाखत गरेका हुन् । नयाँ दल दर्ता भएपछि निर्वाचन आयोगले जनप्रतिनिधि तथा सांसदहरुलाई दल रोज्न भदौ २२ गतेसम्मको समयावधि दिएको थियो ।
लोसपाको पक्षमा सुरिता साह, जयनुल राइन, बबिता चौधरी, निलम देवी भूमिहारिन, अलका झा, गौरीनरायाण साह, जानकीशरण साह, परमेश्वर साह, रमेशप्रसाद कुर्मी र बाबुलाल साहले सनाखत गरेका हुन् ।
लोसपाका पक्षमा पूर्व राजपाका २५ जना प्रदेश सांसदमध्ये हाल १५ जना लोसपाको पक्षमा खुलेका छन् । १५ जनामध्ये बाँकी रहेका डिम्पल झा, अभिराम शर्मा, जितेन्द्र सोनल र उपेन्द्र महतोले भदौ २२ गतेसम्म सनाखत गर्ने बताइएको छ । सभामुख सरोजकुमार यादव पनि लोसपामा रहेको दाबी गरिदै आएको छ ।
प्रदेश-२ को प्रदेशसभामा तत्कालीन समाजवादी पार्टीबाट ३० र तत्कालीन राजपाको तर्फबाट २५ गरी जसपाको कुल ५५ प्रदेशसभा सदस्यहरु रहेको थियो । जसमध्ये पूर्व राजपा परित्याग गरी १० जना सांसद जसपामा गइरकेको छ ।
सनाखतमा आएका पूर्वमन्त्री जितेन्द्र सोनलले लोकतान्त्रिक समाजवादी वैकल्पिक शक्तिको रुपमा उदाएको बताए ।

बागमती प्रदेशसभाको आगामी बैठकमा आर्थिक सर्वेक्षण पेस हुने

बाढीको जोखिम टार्न समयमै तटबन्ध निर्माण गर्न मन्त्री खड्काको प्रतिबद्धता

सदनको गतिरोध अन्त्य गर्न दलहरु समझदारी नजिकः सचेतक बर्तौला

रासायनिक मलको अनुदानका लागि बजेट अपुग छ : मन्त्री अधिकारी

चौध वर्षदेखि अल्झिएको मूआब्जाको गाँठो फुकाइँदै

राज्यको चौथो अङ्गमा महिलाको पहुँच र भूमिका अझै न्यून : पूर्वराष्ट्रपति भण्डारी

आज पनि प्रतिनिधिसभा बैठक स्थगित, अर्को बैठक भोलि

प्रतिक्रिया