५ क्रिप्टो माइनिङ एप : जसले तपाईंको मोबाइलबाट डेटा चोर्छ

काठमाडौँ- केही समय अघिसम्म नेपालमा पाइ माइनिङ एप्सबाट पैसा कमाउन सकिन्छ भनेर सबैले प्रायको मोबाइलमा हुने गर्थ्यो । मानिसहरू बिना पर्याप्त जानकारी यस्ता एप आफ्नो मोबाइलमा राख्ने गर्थे तर यस्ता एप्सले डाटा चोर्छ भन्ने जानकारी प्राय कमैलाई थाहा हुने गर्छ । आज यहाँ त्यस्ता ५ वटा एप्लिकेसनबारेमा जानकारी दिएको छ । जसले तपाईंको मोबाइलमा भएको डेटा चोरी गर्छ । गुगलले हालै यस्ता कयौँ एप्सलाई प्ले स्टोरबाट हटाएको छ ।
बिटफण्ड क्रिप्टो माइनिङ एप
यो एप त्यस्तो एप हो जसले प्रयोगकर्ताहरूलाई क्रिप्टोकरेन्सीको लोभमा पारेर उनीहरूको मोबाइलमा भएको डेटा चोर्ने काम गर्छ । विश्वमा लाखौं प्रयोगकर्ताको डेटा चोरेपछि केहि समय अघिमात्र गुगलले यसलाई प्ले स्टोरबाट हटाएको छ । तपार्इंकोमा पनि यो एप्स छ भने आजै डिलिट गर्नुहोस् ।
बिटक्वाइन माइनर
बिटक्वाइन माइनर एप पनि प्रयोगकर्तालाई बिटक्वाइनको लोभ देखाएर उनीहरूको स्मार्टफोनमा अनाधिकृत पँहुच पुर्याई डेटा ह्याक गरेर बेच्ने साइट हो । भारत र पाकिस्तानका लाखौँ प्रयोगकर्ताको डेटा चोरेका आरोप यस एपलाई लागेको छ ।
बिटक्वाइन बिटिसी क्लाउड माइनिङ एप
बिटक्वाइन बिटिसी क्लाउड माइनिङ एपले भारतका लाखौं प्रयोगकर्ताका डेटा चोरेको आरोपमा गुगलले प्ले स्टोरबाट हटाएको छ । तपाईंको मोबाइलमा पनि यो एप भए तुरुन्त डिलिट गरिहाल्नुहोस् ।
डेली बिटक्वइन रिवार्डस्
डेली बिटक्वइन रिवार्डस् पनि क्रिप्टो माइनिङ एप हो यसले प्रयोगकर्तालाई प्रत्येक दिन निश्चित क्रिप्टोकरेन्सीको लोभमा पार्ने गर्दछ । हालसालै गुगल प्ले स्टोरबाट यो एप हटाइएको छ । यसले पनि प्रयोगकर्ताका अकाउन्टबाट अनाधिकृत डेटा चोरी गर्ने आरोप लागेको छ ।
माइनबिट प्रो
माइनबिट प्रो क्रिप्टो माइनिङ एप पनि भर्खरमात्रै गुगलको कारबाहीमा परेको एप हो यसले प्रयोगकर्तालाई प्रत्येक घण्टा क्रिप्टोकरेन्सी लोभ देखाएर बिभिन्न बिज्ञापन देखाएर आम्दानी गर्ने र प्रयोगकर्ताको डेटा चोर्ने गरेको थियो । यस्ता एपले प्रयोगकर्ताको स्मार्टफोनमा विभिन्न प्रकारका विज्ञापन देखाएर आफ्नो आम्दानी गर्ने गरेका थिए । तपाईंको मोबाइलमा पनि यस्ता एप्लिकेसनहरू भए तुरुन्त डिलिट गरिहाल्नुहोस ।

इनफिनिक्सले जीटि ३० प्रो ल्यायो

हाल ४५ बिलियनको चिपको व्यापार २०२८ सम्म ५०० बिलियन पुग्ने

भारतले आइफोन बनाए पनि चीनबाट १० प्रतिशत मात्र निकाल्न ८ वर्ष लाग्ने

एक डाक्टरको भविष्यवाणी- सन् २०५० पछि मानिस कहिल्यै मर्दैनन्

ट्रम्पको कर नीति : भारतबाट अमेरिकामा आइफोन निर्यात ७६ प्रतिशतले बढ्यो

ट्रम्प प्रशासन छाडे लगत्तै मस्कले गरे टेलिग्रामसँग ३०० मिलियनको सम्झौता

माइक्रोसफ्टले यस वर्ष ६ हजार कर्मचारी कटौती गर्ने

प्रतिक्रिया