धनगढीमा कोभिड संक्रमितको मृत्यु

धनगढी : धनगढीमा होम आइसोलेसनमा रहेका कोभिड-१९ संक्रमितको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका-२ का ४२ वर्षीय पुरुषको होम आइसोलेसनमा मृत्यु भएको हो ।
उनी क्यान्सरबाट पीडित थिए । उनलाई उपचारका लागि चितवन लगेर घरमा ल्याइएको र होम आइसोलेसनमा मृत्यु भएको उप महानगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।
असोज १५ गते स्वाब दिएका उनमा १७ गते कोरोना पुष्टि भएको थियो । योसँगै धनगढीमा कोरोनाबाट मृत्यु हुनेको संख्या पाँच पुगेको छ । सुदूरपश्चिममा मृतकको संख्या २५ पुगेको छ ।

चैते धानको समर्थन मूल्य निर्धारण गर्न किसानको आग्रह

सुप विश्वविद्यालयमा साउन १४ गते स्ववियू निर्वाचन

चल्ला बेचेर वार्षिक तीन लाख आर्जन गर्दै कमला

युट्युबबाट सिकेर काष्ठकलाको कर्ममा खटिएका भक्तबहादुर

विदेशबाट फर्केर केरा खेतीमा जमेका भण्डारी

जीपको ठक्करबाट चन्दको मृत्यु

बाढीको जोखिमले राजमार्ग छेउ बस्न बाध्य वनहराका भूमिहीन परिवार

प्रतिक्रिया