अध्ययन बिदामा विदेश गएर हराएका कर्मचारी खोज्दै सरकार

काठमाडौं - अध्ययन विदामा विदेश गएर उतै हराएका निजामति कर्मचारीको सरकारले खोजी थालेको छ । सरकारले अध्ययन बिदाको सुविधा दिएर विदेश गएका कर्मचारी उतै हराउन थालेपछि खोजी सुरु गरिएको हो ।
अध्ययन बिदामा गएर विदेशमा हराउने निजामति कर्मचारीको संख्या बढेपछि सरकारले सूचना प्रकाशित नै गरेर त्यस्ता कर्मचारी खाेज्न थालेको हो । अध्ययन बिदामा विदेश गएर उतै हराउने मध्येका एक हुन्, खानी तथा भूगर्भ विभागका इन्जिनियरिङ सेवा, मेटालर्जी समूहका धर्मेन्द्र ठाकुर । उनले अध्ययन बिदा भन्दै १८ जेठ २०६७ मा अन्तिम पटक एक वर्षका लागि बिदा लिएका थिए ।
एक वर्षका लागि बिदामा बसेका उनी १० वर्ष वितिसक्दा पनि कार्यालयमा हाजिर भएका छैनन् । १८ जेठ २०६६ देखि एक वर्षका लागि बिदामा बसेका ठाकुर थप एक वर्षका लागि असाधारण बेतलवी बिदा स्वीकृत गराएर गायब भएका छन् ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले सेवाबाट हटाउनु नपर्ने कुनै कारण भए ३० दिनभित्र स्पष्टीकरण पेस गर्न जानकारी गराएको छ । भूगर्भ विभागका प्रवक्ता जयराज घिमिरेले ठाकुर अध्ययन विदामा नेदरल्याण्ड गएको र हालसम्म कार्यालयमा हाजिर नभएको बताए । ठाकुर हाल अमेरिकामा बस्ने गरेकाे उनले जानकारी दिए ।
‘बीचमा आएर राजीनामा दिएको तर हस्ताक्षर सनाखत हुन छुटेको भन्ने सुन्नमा आएको छ,’ घिमिरेले भने, ‘लामो सयमदेखि सम्पर्कमा नआएकाले सरकारले जागिरबाट किन नहटाउने भनेर सूचना पनि निकाएकाे छ।’ घिमिरका अनुसार ठाकुरको नाममा मन्त्रालयले तेस्राेपटक सूचना निकािलसकेकाे छ । यसअघि उनको फाइल मन्त्रालयमा हराएको थियो ।
भूगर्भ विभागको कर्मचारी प्रशासन महाशाखा प्रमुख दिनेश नेपालीले सोही विभागमा कार्यरत जियोलोजिस्ट रोशन कोइराला पनि अध्ययन बिदामा विदेशमा गएकाे र उतै हराएको जानकारी दिए । ३ वर्षका लागि अध्ययन बिदामा अमेरिका गएका कोइराला साढे ३ वर्षमा पनि सम्पर्कमा नआएपछि मन्त्रालयले सूचना नै प्रकाशन गरेर खाेजी गरिरहेकाे छ ।
सरकारले दिएको सुविधा उपभोग गर्दै निजामति कर्मचारी विदामा बसेर विदेश जाने र उतै बस्ने गरेका छन् । निजामति कर्मचारी ऐनमा कुनै कर्मचारी बिना सूचना ९० दिनसम्म हराएमा सरकारले कारवाहीको लागि आवश्यक प्रक्रिया सुरु गर्न पाउने व्यवस्था छ ।

राजदूत रूपाखेतीलाई युक्रेन, बुल्गेरिया र चेक गणतन्त्रको जिम्मेवारी

प्रवक्ताहरूको काम, कर्तव्य र अधिकारसम्बन्धी निर्देशिकाबारे छलफल

सञ्चारमन्त्रीसँग युएइको सेक्युरिटी प्रिन्टिङ प्रेस टिमको छलफल

देशको आवश्यकताअनुसार ठूला दल मिल्यौँ : गृहमन्त्री लेखक

हवाई टिकटको मूल्य घटाउन पहल भइरहेको छः मन्त्री पाण्डे

विकास सहयोगको भविष्यका लागि स्वतन्त्र आयोगको घोषणा कार्यक्रममा प्रधानमन्त्रीको सम्…

युवाहरू उद्यमशीलता र सीप विकासमार्फत राष्ट्र निर्माणको अग्रपङ्क्तिमा उभिनुपर्छ: उ…

प्रतिक्रिया