तटबन्ध कार्यालय कर्मचारीविहीनः सेवाग्राही मर्कामा
जलेश्वर - महोत्तरीको जलेश्वरस्थित जनताको तटबन्ध फिल्ड कार्यालय–२ कर्मचारीविहीन बनेको छ । कर्मचारीको अभावमा कार्यालयको काम कारवाही प्रभावित भएको छ । कार्यालयमा प्रमुख, तीन इञ्जिनीयर, तीन सव इञ्जिनीयर, एक लेखापाल र चार जना कार्यालय सहयोगी कार्यरत छन् । गत असारपछि कार्यालय प्रमुख र अन्य कर्मचारी आएका छैनन् ।
कार्यालय प्रमुख राजेन्द्रप्रसाद देव प्रायः काठमाडौँमै बस्छन् भने उनको अनुपस्थितिमा अनिवार्य रुपमा कार्यालयमा हुनुपर्ने सूचना अधिकारी इञ्जिनीयर सुशील चौधरी पनि गत असारपछि आफ्नो घर जनकपुरमै छन् ।
सो कार्यालय अहिले तीन जना कार्यालय सहयोगीको भरमा सञ्चालनमा छ । जिल्लामा बाढी आएपछि सो कार्यालयमा कार्यरत कर्मचारीको खोजीनीति सुरु भएको छ । विगत १० दिनमा महोत्तरी जिल्लाको रातो नदीमा ठूलो बाढी आएर सो कार्यालयले निर्माण गरेको तटबन्ध भत्काएर जिल्लाको बलवा नगरपालिका–४ को तिलगढ, रौजा र वडा नं ११ अधियानपुर गाउँका एक हजार बढी घर डुबानमा परेर लाखौंको क्षति भएको छ भने सयौं बिघा धानखेती नष्ट भएको छ ।
अख्तियारप्राप्त कर्मचारी नहुँदा सेवाग्राहीको काम गर्न समस्या भएको त्यहाँ कार्यरत कार्यालय सहयोगीको भनाइ छ । महोत्तरीका सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले कार्यालयमा कर्मचारी उपस्थित नहुनु गलत भएको बताउँदै त्यस्तो रहेछ भने आफूले कार्यालय निरीक्षण गर्ने र यस सम्बन्धमा कार्यालय प्रमुखसँग पनि जानकारी लिने बताए । रासस

पर्सामा कार दुर्घटनामा परी एकको मृत्यु, तीन घाइते

एमएडब्लू इन्टरप्राइजेज र काठमाडौं महानगरबीच सीप विकास प्रवर्द्धन गर्न सीप मेला …

रातमा खानै नहुने यी हुन तीन खानेकुरा

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

निन्द्रा नलागे के खाने ?
अमेरिकामा एकै परिवारका चार नेपाली मृत फेला

मुन्दुम अन्तर्राष्ट्रिय कला संग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट

प्रतिक्रिया