टर्किस लेखक फति एर्दोआनका बालकथा नेपालीमा

काठमाडौं : बालबालिका सम्बन्धी किताब प्रकाशन गर्ने कथालयबाट ‘सुपरमुले कसरी पृथ्वीलाई बचाइन् ?’ शीर्षकको बालकथा प्रकाशित भएको छ । सुपरमु नयाँ कुरा सिक्न चाहने पढेलेखेकी गाई हुन् । एक दिन उनले अचम्मको समाचार पढ्छिन्– चाँडै नै एउटा ठूलो उल्का पृथ्वीको नजिकबाट जाँदैछ । उनलाई यो कुरा पढेर अब के हुने हो भन्ने चिन्ता लाग्छ । त्यो उल्काले पृथ्वीलाई ठक्कर दिन लागेको थाहा पाएपछि उनको चिन्ता झनै बढ्छ।
तर सुपरमु सजिलै हार मान्ने गाई हैनन् । उनले इन्टरनेटबाट साथीहरूसँग यो समस्याबारे छलफल गर्छिन् । उनीहरू सबै मिलेर एउटा उपाय निकाल्छन् ।
त्यो उपाय के होला ? सुपरमुले र उनका साथीहरूले पृथ्वीलाई कसरी बचाए होलान् ? पाठकमा यस्तै प्रश्न र जिज्ञासा जगाउने रमाइलो कथाका चित्रहरू पनि आकर्षक छन् । यसले कथालाई अझै रोचक बनाएको छ । लेखक फति एर्दोआनले नै बनाएका चित्र हेरेर मात्रै पनि बालबालिकाले कथाबारे धेरै कुरा थाहा पाउन सक्छन् । किताब आठ–नौ वर्षका बालबालिका लक्षित छ ।
त्यस्तै ‘म ढिलो भए’ पुस्तक बालबालिकाका लागि लेखिएको उनको अत्यन्तै चर्चित बाल पुस्तक शृंखला हो । हालसम्म यो शृंखलाको १० लाख प्रति बिक्री भइसकेको छ । यो किताब अंग्रेजी, चाइनिज, बोस्नियन, अजरबैजानी, अरबिक, मलयाली आदि भाषामा प्रकाशित भइसकेको छ । बालसाहित्यमा करिब ७० वटा किताब लेखिसकेका उनको १० लाखभन्दा बढी किताब बिक्री भइसकेका छन् । उनका प्रायः किताबमा उनले बनाएका चित्रहरू प्रयोग भएका छन् । सन् १९८० मा उनले लेखेको पहिलो किताब ‘पान एन्ड हिज फ्लावर’ ले बेस्ट पिक्चर बुक अवार्ड पाउन सफल भएको थियो । त्यसयता हरेक वर्षजस्तै उनी उत्कृष्ट लेखक वा बालसाहित्यको सूचीमा पर्दै आएका छन् ।
टर्कीका उत्कृष्ट किताब र लेखकको सूचीमा पटक पटक पर्दै आएका उनले कयौं राष्टिय पुरस्कार जितेका छन् । उनी बाल साहित्यकै विश्व प्रतिष्ठित एस्ट्रिड लिन्डग्रेन मेमोरियल अवार्ड (एलएमए अवार्डका लागि २०१६ देखि २०१९ सम्म लगातार मनोनित भएका थिए । मेसिडोनियन र नेपाली भाषामा प्रकाशित ‘सुपरमुले कसरी पृथ्वीलाई बचाइन् ?’ ८ हजारप्रति बिक्री भइसकेको छ । एर्दोआनको कथालाई नेपालीमा भिक्टर प्रधानले अनुवाद गरेका छन् । ३४ पृष्ठको यो किताबको मूल्य २ सय ५० रुपैयाँ तोकिएको छ भने ‘म ढिलो भएँ’ किताबको मूल्य १ सय ५० रुपैयाँ तोकिएको छ ।

‘महाभोज’का दुई नयाँ पोस्टर रिलिज, मङ्गलवार टिजर आउने

जब मध्यरातसम्म नवाजको र्यापमा झुम्यो एलओडी...

रणवीरको ‘रामायण’ पहिलो भागको सकियो सुटिङ

आमिर खानको ‘सितारा जमीं पर’ मा छन् १० प्रमुख कलाकार

मोहनलालको फिल्म ओटिटीमा आउँदै

बबी देओलको फिल्मको रिलिज मिति १३ पटक परिवर्तन, तर अझै रिलिजको छाँटकाट छैन्

बबी देओलले किने २.९५ करोड भारूको नयाँ लग्जरी कार

प्रतिक्रिया