शनिबार २७ बैशाख, २०८२
Saturday, May 10, 2025

यातायात व्यवसायीले थाले दोस्रो चरणको आन्दोलन

काठमाडौँ – भाडा समायोजन र सार्वजनिक सवारी साधन सञ्चालनको पूर्वाधार निर्माण गर्नुपर्ने लगायतका माग राख्दै यातायात व्यवसायीहरुले दोस्रो चरणको आन्दोलन सुरु गरेका छन् ।  

सार्वजनिक यातायात केन्द्रीय महासंघले यातायातको भाडा एवं ट्याक्सीको सुरुवाती कल समायोजन, २० वर्ष पुगेका सवारीको अवधि थप, यातायातको बीमा छुट, सडक कानुन, यातायात कागजपत्र नवीकरण र जरीवाना छुट लगायतका माग राखेर आन्दोलन सुरु गरेको हो ।

सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालका महासचिव भरत नेपालले पहिलो चरणको आन्दोलनमा आफूहरुले सरकारको ध्यानाकर्षण गराए पनि नसुनेपछि बाध्य भएर दोस्रो चरणको आन्दोलन गर्नुपरेको बताए । 

भाडा समायोजन गर्दा बैज्ञानिक समायोजन नभएको, कोभिडका कारण समस्यामा परेका व्यवसायीलाई कुनै राहत नदिएको तथा यातायात मजदुरले अझै पनि सहज रुपमा कोभिड खोप पाउन नसकेको उनीहरुको गुनासो छ ।