प्रधानन्यायाधीश बस्ने/नबस्ने टुंगो नलाग्दासम्म संवैधानिक नियुक्तिसम्बन्धी रिटको सुनुवाइ नहुने
काठमाडौँ - प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा संवैधानिक इजलासमा बस्ने नबस्ने टुंगो नलाग्दासम्म संवैधानिक नियुक्तिसम्बन्धी रिटको सुनुवाइ नहुने भएको छ ।
हरिप्रसाद फुयालको एकल इजलासले संवैधानिक इजलासमा संवैधानिक नियुक्ति सम्बन्धित रिटको सुनुवाइमा प्रधानन्यायाधीश बस्ने/नबस्ने टुङ्गो लगाउनुपर्ने भएकाले त्यसको टुङ्गो नलागेसम्म संवैधानिक नियुक्तिसँग सम्बन्धित रिटको सुनुवाइ नगर्न/ नगराउन अन्तरिम आदेश जारी गरेको हो ।
संसदीय सुनुवाइ नगरी तत्कालिन केपी शर्मा ओली प्रधानमन्त्रीको हैसियतमा संवैधानिक परिषद्को अध्यक्ष भएर सिफारिस भएका संवैधानिक अंगका प्रमुख तथा पदाधिकारीलाई बर्खास्त गर्न माग गर्दै अधिवक्ता गणेश रेग्मीले रिट दायर गरेका थिए ।
यस्तो छ अन्तरिम आदेश

मध्यरातमा सर्वोच्चको फैसला : संवैधानिक आयोगका ५२ पदाधिकारीविरुद्ध परेको रिट …

६० किलो सुन तस्करी प्रकरण : अमला रोकालाई धरौटीमा छाड्न आदेश

उच्च अदालतका लागि ४ न्यायाधीश सिफारिस

न्यायाधीशलाई मोसो दल्नु न्यायपालिकामाथि आक्रमण : न्यायाधीश समाज

राजावादीको तीनकुने घटना : दुर्गासहित ७ जना थुनामा, ३२ जना धरौटीमा रिहा (…

सर्वोच्चले ५२ संवैधानिक पदाधिकारीविरुद्धको निर्णय असार १८ गते सुनाउने
आयोगले एकैसाथ तीन मुद्दा दायर गर्यो

प्रतिक्रिया