संविधान दिवसका अवसरमा दीपावली गर्न सरकारको आग्रह

काठमाडौँ – सरकारले सातौं संविधान दिवस तीन दिनसम्म विभिन्न कार्यक्रम गरी भव्य रूपमा मनाउने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार बसेको सरोकारवाला पदाधिकारीसहितको बैठकले आगामी असोज २, ३ र ४ गते संविधान दिवस मनाउने निर्णय गरेको हो ।
बैठकले प्रधानमन्त्री देउवाको अध्यक्षतामा दिवस मनाउन मूल समारोह समिति र अन्य विभिन्न विषयगत उपसमिति गठन गर्ने निर्णयसमेत गरेको प्रधानमन्त्रीका निजी सचिव बद्री तिवारीले जानकारी दिए । बैठकले संविधान दिवसका अवसरमा आमनागरिकलाई स्वतःस्फूर्तरूपमा दीपावली गर्न तथा विदेशस्थित नेपाली नियोग र निकायमासमेत नेपाली झण्डा फहराउन आग्रह गर्ने निर्णय गरेको छ ।
कोभिड–१९ संक्रमणका कारण स्वास्थ्यका आवश्यक मापदण्ड पालना गरी सीमित व्यक्तिको उपस्थितिमा मात्र दिवसको मूल समारोह मनाउने निर्णय भएको छ । प्रधानमन्त्रीको अध्यक्षतामा भएको बैठकमा मन्त्रीहरू, नेपाल सरकारका मुख्यसचिव, सचिव, सुरक्षा निकायका प्रमुखलगायतको उपस्थिति थियो ।

पार्टीले स्पष्टिकरण सोधेको भन्ने बिषय निराधार : रामकुमारी झाँक्री

नेपालमा लगानी गर्न स्पेनका व्यवसायीलाई प्रधानमन्त्री ओलीको आह्वान

आज तीनवटा संसदीय समितिका बैठक बस्दै

तरुण दलको महाधिवेशन मङ्सिर २६ देखि २८ गतेसम्म हुने

पशु कल्याण ऐन चाँडै ल्याउने सरकारको प्रतिबद्धता

एकीकृत समाजवादीद्वारा नेत्री झाँक्रीलाई स्पष्टीकरण
पूर्वराष्ट्रपति भण्डारीले सुरक्षाकर्मीको मात्र सुविधा लिने घोषणा

प्रतिक्रिया