५ अर्ब ५० करोडसम्म पर्ने विश्वका पाँच महंगा स्मार्टफोन

काठमाडौँ- स्मार्टफोन हाम्रा जीवनको एक अभिन्न अगं जस्तै भइसकेको छ । दैनिकी सहज बनाउन स्मार्टफोनले महत्वपर्ण भुमिका निर्बाह गर्ने गर्दछ । विश्वमा प्रत्येक दिन करोडौँ स्मार्टफोनको बिक्री वितरण हुने गरेको छ । सञ्चारका क्षेत्रमा महत्वपुर्ण भुमिका खेलेको स्मार्टफोन सबैभन्दा महंगो कति मुल्यको छ त आउनुहोस् यसबारेमा केहि जानकारी राखौँ ।
फेल्कन सुपरनोवा
विश्वको सबैभन्दा महंगो मोबाइलमा फेल्कन सुपरनोवा आइफोन सिक्स रहेको छ । जसको मुल्य करिब ५ अर्ब ५० करोड रहेको छ । सुपरनोवामा चौबिस क्यारेड सुन प्रयोग गरिएको छ भने पछाडि एउटा सुन्दर हीरा जडान गरिएको छ । यसमा चोरले चोर्न नसक्ने ह्याक प्रिभेन्सन टेक्नोलोजी जडान गरिएको छ ।
स्टुअर्ट ह्युजेस आइफोन
स्टुअर्ट ह्युजेस आइफोन फोर एस एलिट गोल्ड विश्व बजारमा अर्को एक महंगो फोन हो । यसको नेपाली मुल्य करिब एक अर्बभन्दा माथि रहेको छ । हीरा र सुन प्रयोग गरि बनाएको यस फोनमा विश्वका धनाड्यहरूको नजर पर्ने गर्छ । यसमा प्रयोग गरिएका हीरा र सुनले गर्दा यसको मुल्य आकाशिएको हो ।
स्टुअर्ट ह्युजेस आइफोन फोर डाइमन्ड रोज
सयभन्दा बढि हीरा जडान गरिएको स्टुअर्ट ह्युजेस आइफोन फोर डाइमन्ड रोजमा हीराका साथै २४ क्यारेट गोल्ड जडान गरिएको छ जसले यस फोनको सुन्दरता झन् बढाएको देखाउँछ । यसको मुल्यको कुरा गर्दा करिब ८० लाख नेपाली रूपैयाँभन्दा बढि हुन जान्छ ।
गोल्ड स्टाइकर आइफोन थ्रिजीसएस सुप्रीम
गोल्ड स्टाइकर आइफोन थ्रिजीएस सुप्रीममा जडान गरिएका धातुका कारण महंगा स्मार्टफोनको सुचीमा समावेश भएको हो । यसको मुल्य करिब ५० करोड रहेको छ । २२ क्यारेट सुन र हीरा जडान गरिएको यस स्मार्टफोन सौखिन व्यक्तिहरूले खरिद गर्ने गरेका छन् ।
आइफोन थ्रिजी किङ्स बटन
अस्ट्रियाका डिजाइनर पीटर एलिशनले डिजाइन गरेको यस आइफोन थ्रिजी किङ्स १८ क्यारेट पहेलो र गुलाबी डिजाइनमा तयार गरिएको छ । होम बटनमा ६६ क्यारेट डाइमन्ड प्रयोग गरिएको छ यसले यसको स्वरूपलार्इ झन् चम्किलो बनाउन मद्दत गरेको देखिन्छ । यसको मुल्य करिब ३० लाखभन्दा बढि छ ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया