ढुङ्गाले किचेर एक मजदुर मृत्यु

ताप्लेजुङ- निर्माणाधीन सानिमा हाइड्रोपावरमा काम गर्ने एक मजदुरको ढुङ्गाले किचेर मृत्यु भएको छ । मृत्यु हुनेमा ताप्लेजुङको फत्ताङलुङ गाउँपालिका–१ का ४४ वर्षीय खगप्रसाद तामाङ रहेका छन् ।
बिहीबार हाइड्रोपावरको भान्सा कोठामा बसिरहेको अवस्थामा माथिबाट ठूलो ढुङ्गा झरेर किचेर घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरीले कार्यालयका प्रहरी प्रवक्ता कैलाश अधिकारीले जानकारी दिए । जिल्ला अस्पतालमा शव परीक्षणका लागि प्रक्रिया भइरहेको प्रहरीले जनाएको छ । मृतक सोही हाइड्रोपावरमा नै खाना पकाउने जिम्मेवारीमा रहेका थिए । रासस

मेचीनगरमा ‘अफ्रिकन स्वाइन फ्लू’ र ‘लम्पी स्किन’को सङ्क्रमण पुष्टि
भोजपुरको वाक्चाखामा ‘जाल्पादेवी गुराँस पदमार्ग’ निर्माण

सवारी दुर्घटनामा मृत्यु

कोशी प्रदेश ‘पान उत्कृष्ट नगरपालिका पुरस्कार–२०८२’ हलेसी तुवाचुङलाई

पोखरीमा डुबेर दुई बालकको मृत्यु

पाँच करोड राजस्व सङ्कलन

बेपत्ता सुरक्षाकर्मीको खोजीमा एसएसपीको टोली परिचालन, एक जनाको शव भेटियो

प्रतिक्रिया